२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको दिक्तेलमा लोकसेवा तयारी कक्षा सुरु

२०७६, २४ मंसिर मंगलवार १०:४२

चिसाङ शेर्पा | मंसिर २४, खोटाङ | खोटाङको दिक्तेलबजारमा लोकसेवा तयारी कक्षाको सुरुवात भएको छ । लोकसेवामा रुचि भएका तथा उचित कक्षा लिने ठाउँको खोजीमा रहेका विधार्थीहरुको समस्यालाई ध्यानमा राखेर दिक्तेल एकेडेमीले लोकसेवा तयारी कक्षाको सुरुवात गरेको हो ।

एकेडेमीले दिक्तेलको सरस्वती नमुना मावि नजिककै स्थापना गरेको लोकसेवा तयारी कक्षा तथा ओरेन्टेशन कक्षाको मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले उद्घाटन गर्नुभयो । ‘सही शिक्षा र सही तरिकाले मात्र सफलता संम्भव छ ।’ भन्ने उद्देश्यले स्थापना भएको एकेडेमीले सुरुवातमा लोकसेवा अन्तर्गतका खरीदार, नासु, अधिकृत लेबलका कक्षाहरु सुरु गरेको दिक्तेल एकेडेमीका सञ्चालक किरणजीत राईले बताए । राईका अनुसार लोकसेवाको विभिन्न तहमा ४९ जना विधार्थीले कक्षा लिइरहेका छन् ।


एकेडेमीले लोकसेवा कक्षाहरुवाहेक जापनीज, कोरियन र अङग्रेजी भाषा, निम्न माध्यमिक देखी माध्यमक तहसम्मको मुख्य विषयको तयारी कक्षा तथा उद्घोषण, पत्रकारिता, मेमोरी पावर, भाषणकला, लाईफ स्किल नेतृत्व विकास र ब्यक्तित्व बिकास तालिम गर्ने जनाइएको छ । सरकारी कार्यालय प्रमुखहरुसँग समन्वय गरी कक्षा सञ्चालन हुने भएकाले पैसा कमाउन वा व्यवहारिक हिसाबले एकेडेमीको स्थापना भन्दा पनि कुनै बिषयको राम्रो तयारी गर्न राजधानी जानुपर्ने बाध्यताको अन्त्य गरिएकोे सञ्चालक राईले बताए । 

एकेडेमीको अबको प्रतिबद्धता र जिम्मेवारी भनेको जिल्लामै ब्यवस्थित, शैक्षिक गुणस्तरको बृद्धि गर्दै लोकसेवाको विभिन्न तहको तयारी कक्षा र अन्य विषयहरु संचालन गर्नु रहेको एकेडेमीका संस्थापक दशरथ रुम्दालीले बताउनुभयो । रुम्दालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा अवस्थित विभिन्न सरकारी कार्यालय प्रमुखहरुले आफ्नो लोकसेवा अनुभव सुनाएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो