२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको दिक्तेलमा लोकसेवा तयारी कक्षा सुरु

२४ मंसिर २०७६, मंगलवार १०:४२

चिसाङ शेर्पा | मंसिर २४, खोटाङ | खोटाङको दिक्तेलबजारमा लोकसेवा तयारी कक्षाको सुरुवात भएको छ । लोकसेवामा रुचि भएका तथा उचित कक्षा लिने ठाउँको खोजीमा रहेका विधार्थीहरुको समस्यालाई ध्यानमा राखेर दिक्तेल एकेडेमीले लोकसेवा तयारी कक्षाको सुरुवात गरेको हो ।

एकेडेमीले दिक्तेलको सरस्वती नमुना मावि नजिककै स्थापना गरेको लोकसेवा तयारी कक्षा तथा ओरेन्टेशन कक्षाको मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले उद्घाटन गर्नुभयो । ‘सही शिक्षा र सही तरिकाले मात्र सफलता संम्भव छ ।’ भन्ने उद्देश्यले स्थापना भएको एकेडेमीले सुरुवातमा लोकसेवा अन्तर्गतका खरीदार, नासु, अधिकृत लेबलका कक्षाहरु सुरु गरेको दिक्तेल एकेडेमीका सञ्चालक किरणजीत राईले बताए । राईका अनुसार लोकसेवाको विभिन्न तहमा ४९ जना विधार्थीले कक्षा लिइरहेका छन् ।


एकेडेमीले लोकसेवा कक्षाहरुवाहेक जापनीज, कोरियन र अङग्रेजी भाषा, निम्न माध्यमिक देखी माध्यमक तहसम्मको मुख्य विषयको तयारी कक्षा तथा उद्घोषण, पत्रकारिता, मेमोरी पावर, भाषणकला, लाईफ स्किल नेतृत्व विकास र ब्यक्तित्व बिकास तालिम गर्ने जनाइएको छ । सरकारी कार्यालय प्रमुखहरुसँग समन्वय गरी कक्षा सञ्चालन हुने भएकाले पैसा कमाउन वा व्यवहारिक हिसाबले एकेडेमीको स्थापना भन्दा पनि कुनै बिषयको राम्रो तयारी गर्न राजधानी जानुपर्ने बाध्यताको अन्त्य गरिएकोे सञ्चालक राईले बताए । 

एकेडेमीको अबको प्रतिबद्धता र जिम्मेवारी भनेको जिल्लामै ब्यवस्थित, शैक्षिक गुणस्तरको बृद्धि गर्दै लोकसेवाको विभिन्न तहको तयारी कक्षा र अन्य विषयहरु संचालन गर्नु रहेको एकेडेमीका संस्थापक दशरथ रुम्दालीले बताउनुभयो । रुम्दालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा अवस्थित विभिन्न सरकारी कार्यालय प्रमुखहरुले आफ्नो लोकसेवा अनुभव सुनाएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण