2026-09-04 07:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायी सडकमा : जनचेतना जगाउने भन्दा सेल्फी खिच्ने धेरै !

मंसिर २७, काठमाडौं । बैदेशिक रोजगार व्यवसायीको काम हो । नेपाली श्रमिकलाई विश्वबजारमा रोजगारीका अवसर दिलाउने । 

अन्तरास्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को सरकारी तथा गैरसरकारी संस्थाले औपचारिक रुपमा नै कार्यक्रमको घोषणा गरि कार्यक्रम गर्दै आएका छन् । त्यसै अन्तर्गत शुक्रबार गरिएको एक कार्यक्रम थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा आयोजित ट्राफिक नियम सम्बन्धी जनचेतना मूलक कार्यक्रम । 

संघले काठमाडौं लगायत देशका बिभिन्न शहरमा एक हप्ता आप्रवासन दिबस मनाउने क्रममा शुक्रबार ट्राफिक नियम सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरेको बताएको छ । काठमाडौंको कोटेश्वर, बालाजु,गौशाला ,एएरपोर्ट, कलंकीमा लगायत बिभिन्न ठाउँमा नेपाल ट्राफिक प्रहरी संगको सहकार्यमा जनचेतना कार्यक्रम गरेको संघको भनाइ छ ।  

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका कामदार सम्बन्धित देशको ट्राफिक नियम सम्बन्धी प्रयाप्त जानकारी नहुँदा दुर्घटनामा पर्ने गरेको घटना नभएका होइनन् ।

विदेश जाने कामदारले ट्राफिक सम्बन्धी केही जानकारी गराउनु आवश्यकता हो । त्यस्ता घटनालाई रोक्न सरकारसंगै निजि क्षेत्रका म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायक संस्थाको भूमिका महत्वपूर्ण हुने गर्दछ तर नेपालका म्यानपावर व्यवसायी एक दिन दिवस मनाउने नाममा सडकमा सेल्फी खिच्दैमा समाधान होला ? आम सर्वसाधारणको प्रश्न छ । 

केहि व्यानर र क्याप टोपी लगाएर सडकमा निस्किएका वैदेशिक रोजगार व्यवसायी सडकमा भेटिने सर्वसाधारणलाई जनचेतना जनाउने भन्दा पनि व्यक्तिगत तथा समुहगत सेल्फी लिंदै फेसबुकमा राख्नमै केन्द्रित रहे । कति जनालाई उनीहरुले जनचेतना जगाए त्यो भोलिका दिनमा थाहा नै होला । 

३ सय ६४ दिन नेपाली श्रमिकलाई जनचेतना दिन नसक्ने, सरकारले तोके भन्दा बढी शुल्क असुल गर्न तल्लिन हुनेले एक दिन सडकमा गएर कतै औपचारिकता मात्रै पुरा गरेका त होइन । अभिमुखीकारण तालिम दिने संस्था छन् के तिनीहरुले श्रमिकलाई ट्राफिक व्यवस्था बारे जानकारी दिन्छन् कि दिंदैनन ? सो अनुगमन बैदेशिक रोजगार विभागले गरेको छ त ? बैदेशिक रोजगार वोर्डले श्रमिकबाट कल्याणकारी कोषका नाममा उठाउने रकम श्रमिककै लागि सुचना प्रवाहमा खर्च गरेको प्रभावकारी भएको छ कि छैन प्रत्येक श्रमिकले नै बोल्ने बेला आएको छ ।

अन्तरास्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा काठमाडौं तारे होटलमा ‘रेमिट्यान्स  र वित्तीय साक्षरतामा अभिमुखिकरण तालिमको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने नेपाल वैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघले कामदारबाट सेवा शुल्क तोके भन्दा बढी कसैले मागेमा बैदेशिक रोजगार विभागमा उजुरी दिनुहोला भनेर सिकाएका छन् त ? सरोकारको विषय यहि हो । 

सन् १९९० देखि हरेक वर्षको डिसेम्वर १८ का दिन विश्वभर आप्रवासन दिवस मनाइने गरिएको छ तर अधिकाम्स कार्यक्रम औपचारिकता मात्रै हुने गरेकोले वास्तविक श्रमिकसंम्म नपुगेको गुनासो आउने गर्दछ त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुन्छ, कि हुँदैन हेर्न बाँकि छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल