२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम रोजगार पत्रकार समुह गठन

२ पुष २०७६, बुधबार १०:२३

पुस २, काठमाडौँ । श्रम रोजगार बिटमा क्रियाशील पत्रकारहरुको सक्रियतामा श्रम रोजगार पत्रकार समुह गठन भएको छ । देशपरदेश डट कमका सुनिल न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय समुह गठन भएको हो ।


समुहको उपाध्यक्षमा कान्तिपुर दैनिकका होम कार्की, महासचिवमा राष्ट्रिय समाचार समितिका अशोक घिमिरे, सचिवमा साझासबाल डट कमका मनोज पराजुली र कोषाध्यक्षमा गोरखापत्र दैनिकका सिता शर्मा  रहेका छन् । त्यस्तैगरि सदस्यहरुमा कारोबार दैनिकका गोपाल संग्रौला, अनलाइनखबरका रविन्द्र घिमिरे, उज्यालो नेटवर्कका संजिता देवकोटा, द काठमाडौँ पोष्टका चन्दन कुमार मण्डल, स्वतन्त्र पत्रकार रीतु थेवे र उजिर कार्की रहेका छन् ।


पत्रकारहरुको क्षमता विकास गर्नको लागि समुह गठन गरिएको अध्यक्ष न्यौपाने बताए । श्रम रोजगारको मुद्दामा सरोकार वाला निकाय विच साझा मन्चमा गहन छलफल नभएको अवस्थामा सो कार्यका लागि समुहले समन्व्य भुमिका खेल्ने उनले बताए ।


नवगठित समुहलाई बैदेशिक रोजगार बोर्डका कार्यकारी राजन श्रेष्ठ, मानव अधिकार आयोगका सदुप सुदिप पाठक, बैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराई, आइएलओकि नेहा चौधरी,  बसन्त कुमार कार्कीले शुभकामना दिएका छन् । त्यस्तै गरि विनरककि पनम थपलिया, सामीबाट रोनी प्रधान, पिएनसीसी कुल प्रसाद कार्की, पिपुल फोरमका कृष्ण न्यौपानेले संस्थागत रुपमा पत्रकार समूह गठन भएकोमा बधाई दिएका छन् ।

त्यस्तैगरि नेपाल बैदेशिक रोजगार व्यवसायी  संघका अध्यक्ष बिष्णु गैरेले समुहसँग सहकार्य गरि काम गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा