२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीको आक्रोश- ‘ल हेर्नुस्, अब कसरी शुन्य लागतमा मलेसिया पठाउन सकिन्छ ?’

२०७६, २ पुष बुधबार १५:२५

अनिल अधिकारी | पुष २, काठमाडौँ | बैदेशिक रोजगार व्यवसायीहरुले विदेशबाट ल्याइने माग (डिमाण्ड)हरुको लागि अवस्थ प्रतिस्पर्धा गर्ने गरेको म्यानपावर व्यवसायीहरुले स्वीकार गरेका छन् । साझा सबाल मिडियाले दुई दर्जन भन्दा बढि म्यानपावर कम्पनीका संचालकहरुसंग लिएको जिज्ञाशा अनुसार कामदारसंग चर्को रकम अशुली गर्नुको कारण मध्ये मुख्य कारण सम्बन्धित देशका एजेन्टहरुलाई कमिसन तिर्नु रहेको छ । 

त्यसो त यस अघिनै बैदेशिक रोजगार व्यवसायी सँघले समेत अस्वस्थ रुपमा मागपत्र (डिमान्ड) खोस्ने प्रवृत्तिले सरकारी निर्णय कार्यान्वयन हुन नसकेको बताउदै आएको छ । विदेशस्थित कम्पनीहरुले सबै निःशुल्क दिँदा समेत म्यानपावर कम्पनीहरुबीच डिमान्ड तानातान हुने प्रक्रियाले त्यसको प्रभाव सिधै कामदारलाई पर्ने गरेको छ । म्यानपावर कम्पनीहरुले निशुल्क भिषा/टिकटमा मागपत्र पाउँदा समेत अर्को म्यानपावर सोहि कम्पनी पुगेर डिमाण्डमा बार्गेनिङ गर्ने गरेको कारण निशुल्क दिन छाडेका छन् । यस्ता म्यानपावर कम्पनीहरुलाई बैदेशिक रोजगार व्यवसायी संघले कारवाही गर्ने बताएको भएपनि हालसम्म त्यसरी कुनै पनि म्यानपावर कारवाहीमा परेका छैनन् ।

धेरै म्यानपावर व्यवसायीहरुले एकले अर्को म्यानपावरमा आएको डिमाण्ड तानातान गर्ने गर्दा अस्वस्थता जीउकात्यु छन् बरु पछिल्लो समय कडाईका साथ मलेसियाको रोजगारी शुन्य लागतमा झारेको प्रचार गरिएको भएपनि अधिकांश म्यानपावर कम्पनीहरुले डेढ लाखसम्म अशुली गर्न थालेका छन् । सामाखुसी स्थित एक म्यानपावर कम्पनीका संचालकले मलेसिया स्थित एक कम्पनीले उनलाई पठाएको म्यासेज देखाउदै भनेका छन् 'ल हेर्नुस्, अब यसरी कसरी शुन्य लागतमा मलेसिया पठाउन सकिन्छ ?' उनलाई मलेसिया स्थित एक कम्पनीले लेखेको संदेशमा नेपालको कुनै एक म्यानपावर कम्पनीले कामदारको माग दिएवापत प्रतिव्यक्ति कमिसन तोकेको छ । उक्त कम्पनीले ति म्यानपावर संचालकसँग डिमाण्ड चाहिन्छ भने कति कमिसन दिने ? भन्दै प्रश्न गरेका छन् । ति म्यानपावर व्यवसायीका अनुसार मलेसियाका कम्पनीहरुले डिमाण्ड दिन आफूलाई बिभिन्न सर्त राखेको कारण झन्डै एक हजार भन्दा बढी कामदारको माग नलिएको बताए । आफूले कमिसन माग्ने कम्पनीहरुको डिमाण्ड नलिए पनि त्यस्ता कम्पनीको डिमाण्ड लिएर अन्य म्यानपावर कम्पनीहरुले पुर्वस्वीकृति निकालेको उनले बताए । उनले त्यस्तो डिमाण्डको पुर्व स्वीकृति लिने म्यानपावरहरुले कामदार संग चर्को अशुली गर्ने दावी गरे । 

विदेशका कम्पनी तथा एजेन्टहरुले नेपालका जुन म्यानपावरले बढी कमिसन तोक्छन् त्यसैलाई डिमाण्ड दिने गरेको ति व्यवसायीले बताए । केहि कम्पनीले टिकट नदिने त कहिले भिषा समेत नदिने गरेको उनले बताए । उनका अनुसार अन्य देशमा पनि यस्तै खाले बिकृति रहेका छन् । बैदेशिक रोजगारीको क्रममा माग दिने कम्पनीले नै सबै खर्च व्यहोर्नुपर्ने भएपनि अरु म्यानपावरमा कम्पनीको डिमाण्ड जाने डरले कम्पनीको सर्तहरुमा म्यानपावर कम्पनीहरु फितलो बन्ने गरेका छन् । जसको कारण भिषा, टिकट, बिज्ञापन खर्च, अन्तर्वार्ताका क्रममा हुने लगायतका खर्च म्यानपावर कम्पनीलेनै तिर्ने गरेका छन्, जसको भार बैदेशिक रोजगारीमा जाने कामदारलाईनै पर्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै