अन्तरराष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अन्तरराष्ट"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार जानकारी पुस्तिका सार्वजनिक

३ पुष २०७६, बिहीबार ०९:४५

पुस, ३, काठमाडौं । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेतना फैलाउने उद्देश्यले वैदेशिक रोजगारसँग सम्बन्धित जानकारी समेटिएको पुस्तिका सार्वजनिक गरिएको छ ।


अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा ‘विल्डिङ एण्ड उड वर्कर्श इन्टरनेशनल’ (बिडब्लुआई) नेपालले सो पुस्तिका सार्वजनिक गरेको हो । पुस्तिकामा वैदेशिक रोजगारको अवस्था, वैदेशिक रोजगारीमा जानु अगाडि ध्यान दिनुपर्ने विषय, विदेशमा रहँदा कसरी सुरक्षित रहनेलगायत जानकारी समेटिएको छ ।

यस्तै नेपालको सरकारी तथा गैरसरकारी निकाय, तिनले दिने सेवा, विदेशमा आइपर्न सक्ने समस्या, ती समस्याबाट बच्ने उपायाका साथै कार्यस्थलमा श्रमिकले अपनाउनुपर्ने सजगताका विषय समेटिएको छ । वैदेशिक राेजगारमा जाने प्रक्रिया तथा गर्नुपर्ने तयारी, आवश्यक कागजपत्र, वैदेशिक रोजगारीको फाइदा र बेफाइदा, वैदेशिक राेजगारीबाट फर्केपछि ध्यान दिनुपर्ने कुरा, वैदेशिक राेजगारीमा गएका श्रमिक र तिनका परिवारका लागि भएका कल्याणकारी व्यवस्थाका बारेमा पुस्तिकामा राखिएकाे छ ।

जानकारीमूलक पुस्तिका पत्रकार सुनिल न्यौपानेले तयार पार्नुभएको हो । वैदेशिक रोजगारीमा जाने श्रमिक, ट्रेड युनियन, वैदेशिक रोजगारीका बारेमा जान्न चाहने पाठक, यसको प्रक्रियागत व्यवसायमा संलग्न म्यानपावर, अभिमुखीकरण संस्था र सरकारी निकायलाई सो पुस्तिका उपयोगी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा