2026-09-04 07:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई जाने भन्दै कतार जान लागेका नौ युवा पक्राउ

पुष ४, काठमाडौँ | काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईको पर्यटक भिसा देखाएर नौ जना नेपाली गत सोमबार कुवेती विमान जजिरा एयरवेज चढेर विदेश उड्न आटेका थिए । तर उनीहरुलाई विमानस्थलबाटै पक्राउ गरि बैदेशिक रोजगार बिभागमा बुझाईएको छ । 

विमानस्थलको जाँच सकेर अगाडि बढेका उनीहरूलाई विमानस्थलको अन्तिम प्रतीक्षा कक्ष पुग्नुअघि प्रहरीले जांच गरेका थिए । लगत्तै उनीहरूलाई पक्राउ गरिएको थियो । दुबई जाने भनिए पनि उनिहरुको भीत्री उद्देश्य भने कतार पुगेर काम गर्नु रहेको खुलाशा भएको थियो । 

चेकजाँचका क्रममा प्रहरीले उनीहरूबाट कतारको भिसा र अन्य कागजात समेत फेला पारको छ । बैदेशिक रोजगारीमा काम गर्ने उद्देश्यले जाने नेपाली युवाहरुले बैदेशिक रोजगार बिभागबाट श्रम-स्वीकृति लिनुपर्ने हुन्छ । तयार उनिहरुले नेपालको सरकारी प्रक्रिया छलेर कतार जान लागेका थिए ।

विमानस्थल प्रहरी स्रोतका अनुसार कुवेतबाट दुबई जाने भनिएपनि उनीहरुसंग भएको विमान टिकट नक्कली रहेको खुलाशा भएको छ । पर्यटक भिसामा दुबई जाने भनेका उनीहरुले कुवेतबाट सिधै कतार उड्ने योजना बनाएको बुझिएको छ । अध्यागमनले उनीहरुलाई विमानस्थलबाट पक्राउ गरि वैदेशिक रोजगार विभागलाई बुझाएको छ । वैदेशिक रोजगार विभागले उनीहरुमाथि अनुसन्धान गरिरहेको जानकारी दिएको छ । विभागका अनुसार उनीहरुलाई अबैध तरिकाले कतार पठाउनमा ट्राभल एजेन्सी सहित अन्य ५/६ वटा संस्था संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल