2026-06-20 12:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ महिनामा नै २ लाख नेपाली बिदेसिए, बाध्यकारी वैदेशिक रोजगार अन्त्य गर्ने योजना खै सरकार ?

पुस ७, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा नै वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या २ लाख नाघेको छ । वैदेशिक रोजगार विभागले निकालेको प्रतिवेदन अनुसार साउन महिना देखि मङ्सिर महिना अवधिसम्म रोजगारीको लागि कुल २ लाख १ सय ७ नेपाली विदेशिएका हुन् ।

गत कार्त्तिक महिनामा ५१ हजार ५ सय, असोजमा  १९ हजार ५ सय ४२, भाद्र महिनामा  ३९ हजार ८ सय ४७ र साउन महिनामा ३२ हजार ५ सय ५७ जना बिदेशिएका छन् । गत मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० नेपाली वैदेशिक रोजगारीमा विदेशिएका छन् । मंसिरमा रिईन्ट्री मार्फत २८ हजार ६ सय ३७ जना र  संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या २४ हजार  २९ रहेको छ ।  

मंसिरमा श्रम स्वीकृति लिनेमध्ये सबै भन्दा बढी  साउदी अरबको लागि रहेको छ । मंसिरमा साउदीको लागि ६ हजार १ सय ८२ जनाले श्रम स्वीकृति लिएका छन् । साउदीपछि नेपाली कामदार को रोजाई क्रमशः यूएई, मलेसिया र कतार रहेको छ । मंसिरमा यूएको लागि ५ हजार ४ सय ३५, मलेसियाको लागि ४ हजार ९ सय ५ र कतारको लागि ३ हजार ६ सय ९७ जनाले श्रम स्वीकृति लिएका छन् । 

पहिलोमा ब्ल्यू ओसियन

मंसिर महिनामा सबैभन्दा धेरै श्रम स्वीकृति लिने मध्ये ब्ल्यू ओसियन पहिलो स्थानमा रहेको छ, जसले गत महिना ४ सय ८५ जनाको श्रम स्वीकृति लिएको छ । त्यस्तै गरि दोश्रोमा रहेको एस.ओ.एस सर्भिसेस् प्रा.लि. ले ४ सय ३२,  तेश्रोमा रहेको नौकरी नेपाल प्रा.लि.ले  ३ सय ६८ र  चौंथोमा रहेको ट्रान्सवल्र्ड म्यानपावरले  ३ सय ४४ जनाको श्रम स्वीकृति निकालेका छन् 

पाँचौमा रहेको सान नेपाल प्रा.लिले ३ सय २४ जना, छैटौमा रहेको भिजन एण्ड भ्यालु प्रा.लिले  २ सय ८० जना, सातौंमा रहेका गल्फ म्यानपावर प्रा.लि  र कोशी इन्टरनेशनल सर्भिस प्रा.लि ले २५९/२५९ जनाको श्रम स्वीकृति लिएका छन् ।  आठौंमा परेको प्याराडाइज इन्टरनेशनल २ सय ५८ जना, नवौंमा रहेको दि रिभर ओभरसिजले २ सय ५२ र २ सय २२ को श्रम स्वीकृति लिएर  मोन्टेज ओभरसिज प्रा.लि. धेरै कामदार पठाउने म्यानपावर सूचीको दशौं नम्बरमा परेको छ ।

अदक्ष कामदार बढी 

मङ्सिर महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् ।  गत महिना ३१ हजार १८७ अदक्ष कामदार विदेश पुगेका छन् । त्यस्तैगरी सीपयुक्त जनशक्ति १९ हजार ७९६, अर्धसिप भएका ५ हजार ७४५, व्यवसायिक सिप भएका ७५ जना र विशिष्ट सिप भएका ७ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ । सरकारले आगामी ५ वर्ष भित्र बाध्यकारी बैदेशिक रोजगार अन्त्य गर्ने लक्ष्य लिएको छ तर त्यस अनुरुप काम हुन नसक्दा युवाहरु बैदेशिक रोजगारीमा जाने क्रम भने रोकिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते