2026-09-04 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा नेपाली श्रमिकको तलब बढ्यो, जनवरीदेखि लागू हुने

पौष ९, काठमाडौं । मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब बढाउने भएको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिख देखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकहरुको तलब बढाउने बताएको छ । 

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट हुने भएको छ । तलव बढेपछि कामदारले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन् । मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिंगेट रहेको छ । 

मलेसियाली सञ्चार माध्यमहरुमा न्यूनतम तलब लागू हुने ५७ वटा शहरको नाम सार्वजनिक भएको छ । ती शहरहरुमा जोहोरबहरु , इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर ,बाटु पहट रहेका छन् ।  त्यसैगरी अन्य शहरहरुमा क्लुआङ, कुलाई, मुअर, सेगामट, पसिर गुडाङ, कुलिम, सुंगाई पेटानी, लङकवाई, कुवाङ पासु, कोटा भारु, अलोर गजाह, जसीन, हाङ तुह जय, सेरेम्बन,. निलाई, पोर्ट डिक्सन, जेम्पोल, कुआन्टन, तेमेरलोह, बेन्टोङ, मनजुङ, क्वाला कंग्सर, ताइपिङ रहेका छन् । 

 त्यस्तै तेलुक इन्तान, कङगर, अम्पाङ जय, कजाङ, क्लाङ, सेलयाङ, सुवङ जय, सेपाङ, केमामन, डङ्गन, पडवान, सिबु, समराहन, बिन्टुलु, सन्दकन, तवाउ, लाबुअन र पुत्रजयमा पनि बढेको नयाँ तलवमान लागू हुने छ । मलेसिया नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यका रुपमा रहेको छ । 

हाल ८ सय ५४ म्यानपावर कम्पनी रहेकोमा वैदेशिक रोजगार विभागका अनुसार ४ सय ३४ भन्दाबढी म्यानपावर कम्पनी मुख्य रुपमा मलेसियामा आधारित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल