२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा बीस हजार सवारी चालक कारवाहीमा

२०७६, ९ पुष बुधबार ०७:५८

पुस ९, दाङ | चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट रु एक करोड ५५ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ३४ हजार ५१० सवारी चालकको कारवाहीबाट रु एक करोड १३ लाख पाँच हजार राजश्व सङ्कलन भएको थियो ।

चालू आवको साउनमा दुई हजार ४०० सवारी चालकको कारवाहीबाट रु १५ लाख सात हजार ५०० राजश्व सङ्कलन भएको छ । त्यस्तै भदौमा चार हजार ३०० चालकको कारवाहीबाट रु २६ लाख ९३ हजार ५००, असोजमा रु चार हजार ६५० सवारी चालकको कारवाहीबाट रु २८ लाख ४२ हजार ५००, कात्तिकमा चार हजार ४०० चालकको कारवाहीबाट २७ लाख २२ हजार र मङ्सिरमा चार हजार ५५० सवारी चालकको कारवाहीबाट रु २८ लाख १५ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

सो अवधिमा दुई हजार ७३५ बस चालक,  तीन हजार ६७७ ट्रक चालक,  दुई हजार ६१५ जीप चालक, सात हजार ६६० मोटरसाइकल चालक, एक हजार ९२७ ट्र्याक्टर चालक, एक हजार ६८६ टेम्पो चालक गरी जम्मा २० हजार ३०० सवारीसाधन चालक कारवाहीमा परेको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिए । 

उनले मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, उछिन्ने, छतमा यात्रु राखेका, प्रयोजन विपरीत चलाएका, लेन अनुशासन मिचेकाजस्ता कारणले गर्दा उनीहरुलाई कानूनी दायरामा ल्याइएको बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ