पर्वत ।२०४०  साल  सम्म धौलागिरीलाई वुटोवल सुनौलीसम्म जोड्ने छोटो पैदल मार्गको रुपमा रहको नौडाँडा कार्कीनेटा सडकखण्ड कालोपत्रे हुने भएको छ । ट्याक खुलेकोे डेड दशक पछि कालोपत्रे हुने भएको हो ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।२०४०  साल  सम्म धौलागिरीलाई वुटोवल सुनौलीसम्म जोड्ने छोटो पैदल मार्गको रुपमा रहको नौडाँडा कार्कीनेटा सडकखण्ड कालोपत्रे हुने भएको छ । ट्याक खुलेकोे डेड दशक पछि कालोपत्रे हुने भएको हो ।
<"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

४० वर्ष पुरानो पुखौली पैदल मार्ग कालोपत्रे हुने

२०७६, ९ पुष बुधबार १३:११

पर्वत ।२०४०  साल  सम्म धौलागिरीलाई वुटोवल सुनौलीसम्म जोड्ने छोटो पैदल मार्गको रुपमा रहको नौडाँडा कार्कीनेटा सडकखण्ड कालोपत्रे हुने भएको छ । ट्याक खुलेकोे डेड दशक पछि कालोपत्रे हुने भएको हो ।

गण्डकी प्रदेश सरकारले  स्याङजाको नौडाँडादेखी पर्वतको हिलोखोला हुँदै कार्कीनेटासम्मको ११ किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने भएको हो ।

गण्डकी प्रदेशका भौतिक तथा तथा पुर्वाधार मन्त्री रामशरण बस्नेतले उक्त सडकखण्डको शिलान्यास गरेका हुन् ।

मन्त्री बस्नेतले प्रदेशिक रणनीतीको मुख्य राजमार्गको रुपमा उक्त सडकखण्ड रहेको हुँदाा  स्याङजा नौडाँडा र कार्कीनेटा फलेवास हुँदै बागलुङको जैमुखी र गलकोट सडकखण्ड कालोपत्रे हुने बताउनुभयो ।

उक्त योजनाको लागि ४६ करोड बजेट विनियोजन भएको छ । त्यस्तै बागलुङ जैमुनीदेखि कुश्मीशेरा जोड्ने सडकखण्डमा   ३ करोड विनियोजन गरि काम भइरहेको उहाँले बताउनुभयो ।

 ख वर्गको प्रादेशीक सडक रहेका कारण  ८ मिटर चौडाई रहने  पुर्वाधार विकास कार्यलय पर्वतले जनाएको  छ ।  ०७७  मंसीर २८ सम्मका सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग टेण्डर प्रकृया थालिएको छ ।

आँधिखोला गाउँपालिका  , फलेवास नगर पालिका  जैमुनीनगर पालिका र गलकोट नगर पालिका गरी तीन जिल्लाका चार स्थानीय तह जोडने गरी सडकको कालो पत्रे शुरुवात भएको गण्डकी प्रदेश भौतीक तथा पुर्वाधार मन्त्रालयले जनाएको  छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित