2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकीय स्थल बन्दै कान्तिताल

पुष ११, बाँके | नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीयस्थलका रूपमा पुनःनिर्माण गरिँदैछ । उपमहानगरपालिकाको करिब रु नौ करोड ५० लाखको लागतमा डेढ वर्षमा काम सक्ने गरी ताल पुनःनिर्माणको काम शुरु गरिएको नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । कान्तिताल पहिले पुरैना वा पुरैनी तालको नामले चिनिन्थ्यो । उपमहानगरले पर्यटकीयस्थलका रूपमा यसको विकास गर्ने भएपछि नाम परिवर्तन गरेर कान्तिताल राखिएको हो । 

कान्तिताल नेपालगञ्जको धम्बोझी चोकदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्छ । करिब २५ बिघा क्षेत्रफल रहेको ताल वडा नम्बर २२ पुरैनीमा १७ बिघा र वडा नम्बर २१ पुरैनामा आठ बिघा क्षेत्रफलमा पैmलिएको छ । 

कान्तिताल एउटा प्राकृतिक ताल हो । यो ताललाई पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो । विसं २०३९ देखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । अहिले आएर उपमहानगरपालिकाले पर्यटकीयस्थलको रूपमा विकास गर्ने योजना अगाडि बढाएको हो । 

“विसं २०३९ अगाडि ताल क्षेत्र हात्तीको वासस्थानका रूपमा थियो, ताल क्षेत्रमा विभिन्न थरीका चराचुरुङ्गी आउने गर्दथे, घाँसैघाँसले तालमा ढाकेको थियो”, तालको विगत सम्झँदै वडा नम्बर २२ का अध्यक्ष विद्याराम बर्मा भन्नुहुन्छ, “अहिले पर्यटकीय गन्तव्यका रूपमा तालको पुनःनिर्माण हुन थालेपछि यसले वडाको सौन्दर्य पनि बढाउने छ ।”

स्वास्थ्यचौकीलाई सामग्री हस्तान्तरण

बाँकेको नरैनापुर गाउँपालिका–२ मा रहेको लक्ष्मपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले रु १४ लाख ६३ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । 

स्वास्थ्य केन्द्रमा बिहीबार आयोजित कार्यक्रममा क्लबका संरक्षक प्रवेज अली सिद्धिकी र अध्यक्ष राजेन्द्र चौधरीले सो गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । क्लबले सो स्वास्थ्य केन्द्रलाई अल्ट्रासाउण्ड मेशिन एक थान, आठ वटा श्यया, एक थान डेलिभरी श्यया, २० थान ह्विलचियरलगायतका सामग्री उपलब्ध गराएको छ । 

त्यस अवसरमा क्लबका अध्यक्ष चौधरीले विकट क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवा पाउन सहज होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता