पुस १२ बाजुरा | बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ७ का पुर्णवीर नेपालीको युएईको दुवईमा हत्या भएको छ | एक साता अगाडी उनको शव शौचालयको ढोकामा फेला परेको हो | अहिले सम्म उनको शव ल्याइएको छैन |
नेपाली कम्पनिले दिएको कोठामा बस्दै आएका थिए | उनी संगै एउटै कम्पनीमा काम गर्दै आएका रामलाल बिकले साँझ एउटै कोठामा खाना खाएको र शौचालय गएका पूर्णविर केही समयपछि मृत अवस्थामा फेला परेको उनको भनाइ छ |
पूर्णविरको धारीलो हतियार प्रहार गरि हत्या भएको हुनसक्ने उनले बताएका छन् | हत्या भएको एक साता बितेपनि शव दुबईमा नै अलपत्र रहेको छ | बाजुराको हिमालीगाँउपालिका ७ बस्ने मोहनलाला बिक, सोही वडाका ललिजगं शाही र वडा नम्वर ६ बस्ने गणेश नेपालीलाई दूबई प्रहरीले समातेर अनुसन्धान गरिरहेको छ |
उनी दुई बर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा डेल्टा प्राली म्यानपावर मार्फत दुबई गएका थिए |