2026-09-04 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘साढे तीन लाख तिरेर विदेश गएका श्रीमान युएईमा मेडिकल फेल भए, क्षेतिपूर्ति कसरी पाउने ?’

पुष १३, काठमाडौँ | बैदेशिक रोजगारीको समस्याहरु धेरै छन् । यस्तै समस्या मध्ये एक हो, स्वदेशमा गरिएको मेडिकल परिक्षण विदेशमा पुगेर फेल हुनु । 

नेपालबाट बैदेशिक रोजगारीको क्रममा सेक्युरिटी गार्ड पदमा युएई पुगेका एक व्यक्तिकि श्रीमतीले फोन मार्फत जिज्ञाशा व्यक्त गरिन् । उनको प्रश्न थियो ‘एक महिना अघि इटहरीको एक मेडिकल संस्थाबाट मेडिकल परिक्षणमा पास भएर युएई गएका मेरो श्रीमानको बिदेशमा परिक्षण गराउँदा फेल देखायो । उहाँ एक सातापछि नेपाल फर्कदै हुनुहुन्छ के गर्ने ?’ 

उनको समस्याको हल गर्ने कानुनी बाटो त्यति अफ्ट्यारो छैन तर समस्या लागत खर्चको छ । उनका श्रीमान युएईमा सेक्युरिटी गार्ड पदमा गएका हुन् । जसको लागि उनका श्रीमानले एजेन्ट तथा म्यानपावर कम्पनीलाई ३ लाख ५० हजार लागत शुल्क बुझाएका थिए । 

आफ्ना श्रीमान नेपालमा मेडिकल फिट भएर विदेश पुगेपछि अनफिट भएको भन्दै उनले जिज्ञाशा पोखिन् ‘मेरो श्रीमान नेपाल फिर्ता हुँदैछन्, अब मैले बैदेशिक रोजगारीमा जाँदा लागेको लागत र प्रक्रियागत खर्च फिर्ता पाउन कहाँ जानु पर्छ ?’

यसै बिषयमा सम्बन्धित म्यानपावर कम्पनीसँग जानकारी लिँदा एजेन्टको संलग्नतामा उनका श्रीमान युएई गएका हुन् । म्यानपावर संचालकले भनेका छन् ‘त्यत्रो लागत म्यानपावरले लिएको होइन, एजेन्ट मार्फत अशुली भएको हुनसक्छ, यस्तो अवस्थामा जोडिएका एजेन्टको विवरण हेरेर पिडितलाई लागत सहितको क्षेतीपूर्ति दिनेछौं ।’ 

कानुनि उपचार के छ ? 

नेपालमा मेडिकल पास भएर विदेश गएको मान्छे विदेशमा मेडिकल फेल भएमा कानुनी उपचार पनि छ । नेपालमा मेडिकल गराउँदा पास भए पनि  विदेशमा पुगिसकेपछि रोजगारदाताले स्वास्थ्य जाँच गर्दा  फेल भएमा क्षतिपूर्ति पाइने व्यवस्था छ । वैदेशिक रोजगार ऐनको दफा ७२ मा गलत स्वास्थ्य परीक्षणको प्रतिवेदनका कारण कोही फर्किनुपरे वैदेशिक रोजगारीमा जाँदा र फिर्ता हुँदा लागेको रकम गलत स्वास्थ्य परीक्षण गर्ने संस्थाले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो समस्या पर्दा नेपालमा मेडिकल जाँच गराउने स्वास्थ्य संस्थाले पिडितलाई क्षेतीपूर्ति दिनुपर्ने हुन्छ । माथिको समस्याको हकमा पनि यस्तै कुराको लागु हुन्छ । पिडितले मेडिकल अनफिट भएको कारण मेडिकलबाट पाउनुपर्ने नियम अनुसार क्षेतीपूर्ति र आफू जाँदा लागेको लागत समेत पाउनुपर्ने हुन्छ । नियमानुसार मेडिकल चेक गराउँदा लागेको खर्च र विदेश जाँदा आउँदा लागेको दुइतर्फी हवाई भाँडा बराबरको खर्च मेडिकल संस्थाले दिनुपर्ने नियम छ । 

जसको लागि पिडित पक्षले मेडिकल पास भएको रिपोर्टको सक्कल प्रति, विदेशमा मेडिकल फेल भएको प्रमाण (फेल देखाउने मेडिकल रिपोर्ट), श्रम स्वीकृति गरेको हुनुपर्ने, जाँदा फर्किँदाको हवाई टिकटको प्रतिलिपि, राहदानीको प्रतिलिपि र मेडिकल चेक गराउन पैसा बुझाएको रसिद समेत बैदेशिक रोजगार विशेषज्ञ समितिमा निवेदन दिन सक्छन । यसरी निवेदन दिँदा पिडित व्यक्ति नेपाल फर्केको ३५ दिन भित्र निवेदन दिइसक्नु पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल