२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

लघु विद्युत उपभोक्ता समितिद्वारा १३ लाख हिनामिना

२०७६, १३ पुष आईतवार १४:४६

सम्राट सिंह | पुष १३, बझाङ | जिल्लाको साइपाल गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको लघु विद्युत आयोजनामा समितिले १३ लाख हिनामिना गरेको छ । साइपाल गाउँपालिका वडा नम्बर १/२ मा निर्माणधिन अवस्थामा रहेको गडघट्ट लघु विद्युत आयोजना उपभोक्ता समितिले १३ लाख हिनामिना पाइएको हो ।

आयोजना निर्माण गर्न प्रदेश सरकारबाट गत आर्थिक बर्षमा ३५ लाख र गाउँपालिकाबाट ३५ लाख र यस आर्थिक बर्षमा गाउँपालिकाबाट ९९ लाख नब्बे हजार  रकम विनियोजन गरेको थियो ।

झण्डै १ करोड ७० लाख लागतमा निर्माण हुन थालेको उक्त लघु विद्युत आयोजनामा उपभोक्ता समितिले १३ लाख हिनामिना गरेको साइपाल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गोपाल बोहराले बताए । लघु विद्युत उपभोक्ता समितिका अध्यक्ष कम्मान बोहरा र सचिव धनन्जय बोहराले समितिको कुनै बैठक नबोलाई किर्ते हस्ताक्षर गरी रकम निकासा गरेर अनिमियतता गरेको उनको भनाइ छ ।

यसरी निर्माणधिन अवस्थामा रहेको गडघट्ट लघु विद्युत आयोजनामा खुलेयाम रकम हिनामिना हुँदा समेत सरोकारवालाहरुले कारबार्हिमा कुनै चाँसो देखाएको छैन । गतबर्षको रकममा १३ लाख हिनामिना गरेको भएपनि यसबर्ष फेरी गाउँपालिकाले ८ लाख रकम निकासा दिएको छ । 

स्थानियहरुले आर्थिक बर्ष ७५/७६ मा विनियोजन भएको ७० लाखको आयव्यय माग्दा समितिले एक सातासम्म आयव्यय प्रस्तुत गर्न आलटाल गरेको थियो साइपाल गाउँपालिकाका स्थानिय घुरन बोहराले भने एक साता पछि समितिले आयव्यय प्रस्तुत गर्दा १३ लाख रकम हिनामिना गरेको पाइएको छ । उनले गाउँपालिकाले अघिल्लो रकमको आयव्यय नमागी फेरी यसबर्षको रकममा पनि ८ लाख निकासा गर्नुमा आपत्ती जनाएका छन । 

उक्त लघु विद्युत उपभोक्ता समितिको राष्ट्रिय बाणिज्य बैंक बझाङमा समितिका अध्यक्ष कम्मान बोहरा सचिव धनन्जय बोहराको  संयुक्त हस्ताक्षरमा खाता संञ्चालनमा रहेको थियो ।

७ लाख योजना ल्याउँदा प्रदेश सरकारमा खर्च भएको र ६ लाख रकम समितिका अध्यक्ष कम्मान बोहराले गाउँमा सापटी दिएको गडघट्ट लघु विद्युत आयोजना उपभोक्ता समितिका सचिव धनन्जय बोहराले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला