पुस १४, काठमाडौँ | अबैधरुपमा मलेसियामा रहेका नेपाली कामदारहरुलाई स्वदेश फिर्ताका लागि त्यँहाको सरकारले दिएको समय सिमा (आम माफी )भोलि सकिन लागेको छ | डिसेम्बर ३१ अर्थात पुस १५ गते सकिन लागेको हो |
मलेसियन सरकारले भिसा सकिएर अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई घर फिर्ताका लागि आममाफी दिएको थियो | जनवरी १ पछि मलेसियन सरकारले अवैध रुपमा बस्दै आएका नेपाली माथि कडा कदम चाल्ने बताएको छ | मलेसिया स्थित नेपाली दुतावासले पनि अबैधरुपमा मलेसियामा रहेका कामदारलाई स्वदेश फर्कन आग्रह गरिसकेको छ | मलेसियन सरकारले दिएको आम माफी कार्यक्रमको जति सक्दो फाइदा लिन दुतावासले अनुरोध गरेको हो |
नेपाली कामदारका लागि मलेसिया एक आकर्षक गन्तब्य बने पनि थुप्रै अबैधरुपमा नेपाली कामदार बसेको मलेसियन सरकारले आशंका गरेको छ | जसका लागि मलेसियाले स्वदेश फिर्ताका लागि माम माफी दिएको थियो उक्त आम माफी भोलि सकिदै छ |
हेर्नुहोस मलेसिया स्थित नेपाली दुतावासको सूचना
