पुस १४, काठमाण्डौ | बैदेशिक रोजगारीका क्रममा समस्यामा परेर म्यानपावर बिरुद्ध उजुरी दर्ता गराएका र प्रमाण नपुगेका उजुरीकर्तालाई १५ दिन भित्र सम्पर्क गर्न विभागले अनुरोध गरेको छ |
मलेसियाको हकमा २०७१ सालसम्म दर्ता भएका उजुरीकर्ता, मलेसियाबाहेक अरु देशमा गएका श्रमिकको हकमा २०७२ सालसम्म दर्ता भएका उजुरीकर्ता र पासपोर्ट माग गरी उजुरी दर्ता गरेका उजुरीकर्ताको हकमा उजुरी दिएको एक वर्ष पूरा भएका उजुरीकर्ताले प्रमाणसहित उजुरी फर्छ्यौटका लागि विभागमा सम्पर्क गर्न सक्नेछन् |
तोकिएको समयमा विभागमा उपस्थित नभएमा त्यस्ता उजुरी तामेलीमा राख्ने विभागले जनाएको छ | विभाग द्वारा इजाजतपत्र संस्था माथि परेका र विभागको अभिलेख एवं सूचना प्रणालीमा दर्ता भएका उजुरी फर्छ्यौट गर्नका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरीय बैठकको निर्णयअनुसार पुराना उजुरीमाथि विभागले फरफारक गरिरहेको छ |