2026-09-13 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

कर्णालीमा जिप खस्दा घटनास्थलमै चारको मृत्यु

पुष १७, मार्तडी | यहाँस्थित पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा निर्माण भएको कर्णाली करिडोरमा आज दिउँसो करीब १:३० बजेतिर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना बेपता भएका छन् ।  

धुलाचौरबाट कोल्टी आउँदै गरेको से१ज १०६४ नंको स्वामीकात्तिक यातायातको जिप बाँधुको कालापहाड भन्ने ठाउँमा कर्णाली नदीमा खसेर दुर्घटना हुँदा चार जनाको घटास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिनुभयो । 

उहाँका अनुसार मृत्यु हुनेमा हिमाली गाउँपालिका–६ का ३६ वर्षीय पवन भण्डारी, जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय जिपचालक रमेश शाही, कैलाली मोहन्याल गाउँपालिका–५ का ३३ वर्षीय दिनेश घर्तीमगर रहेका छन् । एक जना मृतकको सनाखत हुनसकेको छैन । दुर्घटनामा परी स्वामीकामर्तिक गाउँपालिका–४ का सुशीला विक भने बेपत्ता भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मुगु जिल्ला कर्मरोक गाउँपालिका–८ का २० वर्षीय गाम्चो लामा र सोही ठाउँका टेर्चे लामा तथा स्वामीकार्तिक खापर गाउँपालिका–४ का २२ वर्षीया सरु विक र उहाँकी दुई वर्षीया छोरी रहेको प्रहरी प्रमुख घाटले राससलाई जानकारी दिनुभयो । 

उहाँले दुर्घटनामा परी घाइते भएका र मृतकहरुको इलाका प्रहरी कार्यालय कोल्टी, प्रहरी चौकी पिलुचौर र सर्वसाधारणको सहयोगमा उद्धार कार्य भएको बताउनुभयो । घाइते भएका चारमध्ये तीनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्जको कोहलपुर मेडिकलमा लैजाने तयारी भएको जनाइएको छ । 

कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा घाइतेको उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत नेपालगञ्जको कोहलपुरमा लैजाने भए पनि मौसम खराबीका कारण समस्या भएको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनुभयो । 

उहाँले प्रशासनको पहलमा गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर कर्णाली प्रदेशको सुर्खेतबाट घाइतेलाई उद्धारका लागि आउन लागेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन