२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

कर्णालीमा जिप खस्दा घटनास्थलमै चारको मृत्यु

१७ पुष २०७६, बिहीबार १६:०७

पुष १७, मार्तडी | यहाँस्थित पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा निर्माण भएको कर्णाली करिडोरमा आज दिउँसो करीब १:३० बजेतिर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना बेपता भएका छन् ।  

धुलाचौरबाट कोल्टी आउँदै गरेको से१ज १०६४ नंको स्वामीकात्तिक यातायातको जिप बाँधुको कालापहाड भन्ने ठाउँमा कर्णाली नदीमा खसेर दुर्घटना हुँदा चार जनाको घटास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिनुभयो । 

उहाँका अनुसार मृत्यु हुनेमा हिमाली गाउँपालिका–६ का ३६ वर्षीय पवन भण्डारी, जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय जिपचालक रमेश शाही, कैलाली मोहन्याल गाउँपालिका–५ का ३३ वर्षीय दिनेश घर्तीमगर रहेका छन् । एक जना मृतकको सनाखत हुनसकेको छैन । दुर्घटनामा परी स्वामीकामर्तिक गाउँपालिका–४ का सुशीला विक भने बेपत्ता भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मुगु जिल्ला कर्मरोक गाउँपालिका–८ का २० वर्षीय गाम्चो लामा र सोही ठाउँका टेर्चे लामा तथा स्वामीकार्तिक खापर गाउँपालिका–४ का २२ वर्षीया सरु विक र उहाँकी दुई वर्षीया छोरी रहेको प्रहरी प्रमुख घाटले राससलाई जानकारी दिनुभयो । 

उहाँले दुर्घटनामा परी घाइते भएका र मृतकहरुको इलाका प्रहरी कार्यालय कोल्टी, प्रहरी चौकी पिलुचौर र सर्वसाधारणको सहयोगमा उद्धार कार्य भएको बताउनुभयो । घाइते भएका चारमध्ये तीनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्जको कोहलपुर मेडिकलमा लैजाने तयारी भएको जनाइएको छ । 

कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा घाइतेको उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत नेपालगञ्जको कोहलपुरमा लैजाने भए पनि मौसम खराबीका कारण समस्या भएको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनुभयो । 

उहाँले प्रशासनको पहलमा गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर कर्णाली प्रदेशको सुर्खेतबाट घाइतेलाई उद्धारका लागि आउन लागेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य