असार ८, काठमाडौं । नक्कली चिकित्सकक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ८, काठमाडौं । नक्कली चिकित्सकक"/>
७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली डाक्टरबाट पीडित बिरामी खोज्दै प्रहरी

८ असार २०७३, बुधबार ०२:४४

असार ८, काठमाडौं । नक्कली चिकित्सकको अभियोगमा पक्राउ परेकामध्ये केही गम्भीर प्रकृतिको उपचार पद्धतिमा समेत संलग्न रहेको खुलेपछि प्रहरी पीडितको खोजीमा जुटेको छ ।

पक्राउ परेका ३६ मध्ये १० जना सर्जरीलगायत गम्भीर प्रकृतिको चिकित्सा अभ्यासमा समेत संलग्न रहेको खुलेसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूबाट उपचार लिँदा पीडित भएकाको खोजी गर्दै पीडित वा पीडितका परिवार भए निवेदन दिन आग्रहसमेत गरेको छ ।

‘अनुसन्धानमा पक्राउ परेकामध्ये केही विशेषज्ञका रूपमा गम्भीर प्रकृतिको रोगको उपचारमा समेत संलग्न रहँदै आएको अनुसन्धानमा खुल्यो,’ ब्युरोका डीआईजी नवराज सिलवालले कान्तिपुरसँग भने, ‘उनीहरूबाट उपचारका क्रममा कोही पीडित भएको भए उजुरीका लागि सार्वजनिक आहवान गर्छौं ।’

ब्युरोले आईएस्सीको नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोपमा शुक्रबार र शनिबार पक्राउ गरेका ३६ मध्ये अरुणकुमार गुप्ता, लीली राजवंशी, रावेत रञ्जनकुमार ठाकुर, मोहम्मद अब्दुल कलाम, रजनी अग्रवाल, रामजी यादव, रामकुमार प्रधान, विष्णुप्रसाद भुसाल, दिनेशकुमार साह र सरोजकुमार सिंह विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत थिए । अरुणकुमार १८, मोहम्मद १७, लीली १४, रामजी र सरोज १० वर्षदेखि चिकित्सक पेसामा संलग्न रहेको खुलेको छ ।

४ नक्कली डाक्टर नेपाली कलेजकै
प्रहरीले नक्कली चिकित्सकको अभियोगमा पक्राउ गरेकोमध्ये ४ जना नेपालकै मेडिकल कलेजबाट एमबीबीएस पढेको खुलेको छ । ब्युरोको हिरासतमा रहेका ३६ चिकित्सकमध्ये चार जनाले नेपालकै मेडिकल कलेजबाट एमबीबीएस पढेको खुलेको हो ।

ब्युरो स्रोतका अनुसार पक्राउ परेकामध्ये फिरोज गान्धी कलेज पटनाबाट आईएस्सी उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्रका आधारमा इसादुल हक आईओएमबाट २०११ मा चिकित्सक लाइसेन्स पाएका हुन् ।

विनीता मण्डलले नेपाल मेडिकल कलेज जोरपाटीमा अध्ययन गरेकी हुन् भने श्रीराम घिमिरेले युनिभर्सल मेडिकल कलेज र दिनेश साहले कलेज अफ मेडिकल साइन्स भरतपुरबाट एमबीबीएस उत्तीर्ण गरेको नेपाल मेडिकल काउन्सिलमा उनीहरूले बुझाएको विवरणबाट खुलेको छ ।

अन्य चिकित्सकले रसिया, पाकिस्तान, बंगलादेश र चीनको एमबीबीएसको शैक्षिक प्रमाणपत्र पेस गरेर काउन्सिलको परीक्षा उत्तीण गरेका थिए । काउन्सिलको विवरणअनुसार पुनमले बंगलादेशको रंगबुर मेडिकल कलेजको एमबीबीएस र बीडीएसको प्रमाणपत्र पेस गरेकी छन् । स्याङ्जाको गंगालाल माविबाट एसएलसी गरेका बुद्धिमानले भारतको सरला सत्यनारायण यादव कलेजको आइएस्सी र ललितनारायण मिथिला विश्वविद्यालयको बीडीएसको प्रमाणपत्र पेस गरेका छन् ।

झापाको सगरमाथा आवासीय माध्यमिक विद्यालयको एसएलसीको प्रमाणपत्र रहेको लीलीको आइएस्सीको प्रमाणपत्र विहारको केएस कलेजको छ भने एमबीबीएस युक्रेन र एमडी तिलगंगा इन्स्टिच्युटको छ ।

विनीताको आइएस्सी विहार इन्टरमिडियट काउन्सिलको र बीडीएस कर्नाटकको छ । रावेत रञ्जनको एसएलसी, आइएस्सी र बीडीएसको प्रमाणपत्र सबै भारत विहारको छ । एमडीको प्रमाणपत्र नेपाल मेडिकल कलेज जोरपाटीको छ ।

बोदितको एसएलसी पानीपोखरीको भानुभक्त विद्यालयको छ भने आइएस्सी विहार इन्टरमिडियट काउन्सिलको । बीडीएस चुवास स्टेट युनिभर्सिटी रसियाको रहेको काउन्सिलको विवरणमा उल्लेख छ ।

प्रहरी हिरासतमा रहेका दीपेशले प्राइभेट एसएलसी दिएका थिए । आइएस्सी भारत र एमबीबीएस बंगलादेशको देखिन्छ । गजानन्दको नाममा आईएस्सी विहार पटनाको छ भने एमबीबीएस रसियाको, सञ्जयको नाममा रहेको शैक्षिक प्रमाणपत्र विहार र चीन, सन्तोषको विहार र बंगलादेश, गणेशको आएससी र बीडीएस नै विहारको देखिएको छ भने नीलिमाले काउन्सिलमा आईएस्सी र बीडीएसको प्रमाणपत्र भारतको पेस गरेकी छिन् ।

विनीताको आइएस्सीको प्रमाणपत्र विहारको छ भने एमबीबीएस नेपाल मेडिकल कलेज जोरपाटीबाट उत्र्तीण गरेको देखिन्छ । पक्राउ परेका अधिकांशको शैक्षिक प्रमाणपत्र भारत, रसिया र चीनको छ ।

संघको प्रस्ताव प्रहरीले मानेन
नक्कली शैक्षिक प्रमाणपत्र देखिएका चिकित्सकलाई पक्राउ गरी प्रहरीको कारबाहीको दायरामा ल्याउनुको साटो मेडिकल काउन्सिलको अनुमतिपत्र रद्द गर्ने नेपाल चिकित्सक संघको प्रस्ताव प्रहरीले अस्वीकार गरेको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र ब्युरोका डीआईजी नवराज सिलवाललाई भेटेर संघका अध्यक्ष अञ्जनीकुमार झासहितको टोलीले आइतबार नक्कली चिकित्सकलाई पक्राउ नगरी अनुमतिपत्र खारेज गर्न आग्रह गरेका थिए ।

ठगी मुद्दा अगाडि नबढाउन संघको प्रतिनिधिको आग्रहमा प्रहरीले नक्कली प्रमाणपत्रका आधारमा चिकित्सकका रूपमा कार्यरत रहेकाको पहिचानपछि ठगीमा कारबाही गर्ने अडान राखेको थियो । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?