2026-09-25 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका विषय समेटेर ‘धनिरामको उडान’ लघु चलचित्र निर्माण (हेर्नुहोस् भिडियो)

पुष १९, काठमाडौँ |  वैदेशिक रोजगार विभागले  वैदेशिक रोजगारीको विविध पाटो समेटेर लघु चलचित्र ‘धनिरामको उडान’ निर्माण गरेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको सो चलचित्रले वैदेशिक रोजगारीमा जानुपूर्व ध्यान दिनुपर्ने विषयदेखि विदेशमा रहँदा कसरी काम गर्ने भन्ने सम्मको जानकारी दिएको छ ।

विभागका महानिर्देशक डा भीष्मकुमार भुसालको परिकल्पनामा निर्माण गरिएको सो लघु चलचित्रले सुरक्षित वैदेशिक रोजगारीलाई महत्व दिएको छ । यस्तै स्वदेशमै काम गरेर पनि सहजै जीवन निर्वाह गर्न सकिन्छ भन्ने पक्षलाई पनि उजागार गरिएको छ । सीप सिकेर, सम्पूर्ण प्रक्रिया पूरा गरेर आवश्यक जानकारी तथा कागजात लिएर मात्रै वैदेशिक रोजगारीमा जान, विदेशमा कमाएको पैसा विलासी वस्तुको खरिदमा मात्र खर्च गर्न हुँदैन भन्ने सन्देश सो चलचित्रले दिएको छ ।

यस्तै वैदेशिक रोजगारी पैसा कमाउनभन्दा पनि ज्ञान सीप हासिल गर्न तथा विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई नेपालमै लगाउनुपर्छ भन्ने विषयलाई पनि चलचित्रमा समेटिएको छ । यसैगरी वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन पछिल्लो समय सरकारले लिएको नीति, शून्य लागतलगायतका विषय पनि चलचित्रमा अटाएका छन् । विदेश जानुपुर्व जाने देश, काम, तलब लगायत जानकारी लिनुपर्ने संदेश उक्त लघु चलचित्रले दिएको छ त्यस्तै दलालको भरमा विश्वासमा पर्दा पाउनुपरेको दु:खलाई पनि उक्त चलचित्रले देखाएको छ । 

सो लघु चलचित्र विभागको स्थापना दिवसको अवसर पारेर गत बुधबार सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् ‘धनिरामको उडान’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक