2026-07-26 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इराकमा रहेका नेपालीलाई उद्दारको तयारीमा सरकार,दूतावासको सम्पर्कमा रहन आग्रह

पुस २२, काठमाडौँ | अमेरिकाले इरान् माथि ड्रोन् आक्रमण गरी वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गरेपछि दुवै देशबीच तनाब चुलिएको छ | दुई देशबीच तनाब बढ्दै गएपछि त्यँहा रहेका नेपालीको अवस्था बारे सरकारले चाँसो देखाएको हो |

सरकारले इरानमा रहेका नेपालीको उद्दारका लागि तयारीमा रहेको जनाएको छ | श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मंगलबार गरिएको पत्रकार सम्मेलनमा नेपालीलाई ‘रेस्क्यु’ गर्ने योजना बनाइरहेको बताएका छन् |

नेपाल सरकारले इरान जान प्रतिबन्ध लगाएपनि अबैध बाटो हुँदै इरान पुगेका नेपालीको संख्या कति छ भन्ने एकिन तथ्यांक सरकारसँग पनि छैन | परराष्ट्र मन्त्रालयको अगुवाइमा ‘एक्टिभ’ टोली बनाएर हरेक खबर राख्ने योजना सरकारको रहेको मन्त्रीले बताएका छन् | उनले भने, ‘इराकमा कति नेपाली छन् भन्ने परराष्ट्र मन्त्रालयमार्फत डाटा संकलन गरिंदै छ |’

यसअघि दुई शक्ति राष्ट्रबीचको तनाव युद्धको अवस्थामा पुगेपछि परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे सम्पूर्ण जानकारी लिन त्यहाँस्थित राजदूतावासलाई निर्देशन दिएको थियो |

खाडी मुलुकमा रहेका नेपालीको अवस्थाबारे तत्काल जानकारी दिन राजदूतावासलाई निर्देशन दिइएको परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले बताए | उनले दूतावास नभएका मुलुक हेर्ने निकायलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क रहन पनि भनिएको जानकारी दिए |

आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवसहित बसेको बैठकले खाडीमा रहेका नेपालीलाई दुतावासको सम्पर्कमा रहन भनेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ