८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोकर्ण विष्टलाई हटाएपछि आएका नयाँ श्रममन्त्रीले घोषणा गरे तीन महिने कार्ययोजना (विवरण सहित)

२२ पुष २०७६, मंगलवार ११:२२

पुष २२, काठमाडौँ | वर्तमान सरकारले निवर्तमान श्रममन्त्री गोकर्ण विष्टको स्थानमा नयाँ मन्त्री बनाए पछि सरकारप्रति आलोचना भईरहेका बेला नयाँ मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आफूले तीन महिनामा पुरा गरिसक्ने उद्घोष गर्दै २५ कार्ययोजना अघि सारेका छन् । मन्त्रालयले गरिरहेको वर्तमान गतिविधी तथा आगामी कार्ययोजना बारे जानकारी दिनको लागि मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले आगामी तीन महिनामा पुरा गरिसक्ने २५ वटा कामको विवरण सार्वजनिक गरेका हुन् ।


उनले सार्वजनिक गरेको नयाँ कार्ययोजनामा रोजगारमूलक सीप विकास तालिम, बैदेशिक रोजगारको शिलशिलामा अंगभंग भएका तथा मृत्यु भएकाहरुको हकवालालाई स्थानीय स्तरबाटै सुविधा पाउने व्यवस्था, चालु आर्थिक बर्षमा ६० हजार बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारीको ग्यारेन्टी, विदेशबाटै श्रम स्वीकृति, पुराना सबै संस्थागत उजुरीको छानवीन प्रक्रिया सम्पन्न गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

त्यस्तै बैदेशिक रोजगारीबाट फर्किएका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुन: एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याइने, ३९ जिल्लामा सुरक्षित बैदेशिक रोजगार सम्बन्धि सूचना/परामर्श सेवा दिने, ओमानसंग द्विपक्षीय श्रम सम्झौता, आगामी तीन महिनामा १५ हजार रोजगारदाता र थप १ लाख योगदानकर्तालाई सामाजिक सुरक्षामा आवद्ध गराउने  भन्दा बढी रोजगारदाता र श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने श्रम मन्त्री यादवको उद्घोष रहेका छन् । 

मन्त्रालयमा पदवहाली गरेलगत्तै सीपयुक्त कामदार मात्र विदेश जाने वातावरण बनाउने उद्घोष गरेका मन्त्री यादवले आफ्नै कार्यकालमा श्रमिक बैंक स्थापना गर्ने महत्वकांक्षि योजनाको समेत खुलासा गरेका छन् । श्रम मन्त्रीले आगामी ३ महिनामा गर्ने भनेको कामहरु भने अधिकांश पुरानै कामको निरन्तरता हुन् । 

हेर्नुहोस् तीन महिने कार्ययोजनाको पूर्ण विवरण: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी