असार १, बिर्तामोड । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १, बिर्तामोड ।
२० चैत्र २०८१, बुधबार
अर्थ/विकास

शोभितको स्मृतिमा बृक्षरोपण

१३ असार २०७३, सोमबार १६:४६

असार १, बिर्तामोड । वीरता जेसीजका सदस्य शोभित शर्माको १३औं दिनको पुण्यतिथिमा वीरता जेसीजले आज बुधवार श्रद्धाञ्जलि सभासहित बृक्षरोपण सम्पन्न गरेको छ ।

बुट्टाबारी पूर्व शनिअर्जुनस्थित प्रगति सामुदायिक वन क्षेत्रमा रहेको जेसीज वनमा बृक्षरोपण गरिएको हो । सो अवसरमा जेसीजका सदस्य शोभितको सम्झनामा पर्यावरणमा टेवा पु¥याउने उद्देश्यले विभिन्न जातका तीन सय ५० वटा विरुवा रोपिएको वीरता जेसीजका कोषाध्यक्ष एकराज गिरीले जानकारी दिए । उक्त विरुवा इलाका वन कार्यालय सुरुङ्गाले उपलब्ध गराएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला वन कार्यालयका रेञ्जर राजन राईले गरेका थिए । वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रगति सामुदायिक वनका उपाध्यक्ष तेजबहादुर सुवेदी, रोटरी क्लब अफ मिडटाउन बिर्तामोडका अध्यक्ष उमेश डालमिया, प्रमुख अतिथि राईले मन्तव्य व्यक्त गरेका थिए ।

वीरता जेसीजका उपाध्यक्ष मिजास पोखरेलले आस्था वाचन गरेको कार्यक्रममा स्वागत संयोजक किशोर बस्नेत र सञ्चालनमा महासचिव प्रकाश सुवेदी (लभ) ले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्ती, बिर्तामोडका डिएसपी खड्गबहादुर खत्री, झापा ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरी, बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, रोटरी क्लब मिडटाउन बिर्तामोडका संस्थापक सन्तोष अग्रवाल, फिटनेश बल्र्डका अध्यक्ष हरि धिमाल, नेप्लिज टिन्सका संस्थापक मनिष बस्नेत लगायतको आतिथ्य थियो ।

कार्यक्रम सम्पन्न गर्नका लागि रोटरी क्लब अफ मिड टाउन बिर्तामोड, फिटनेश बल्र्ड एल्थ क्लब, रेडक्रस बिर्तामोड, वीरता लेडी जेसीज, झापा उद्योग बाणिज्य संघ बिर्तामोड, नेप्लिज टिन्स बिर्तामोड, झापा बडिविल्डिङ एण्ड फिटनेश एशोसिएसन र युनाइटेड रिभर साइण्ड एण्ड युथ ग्रुप बिर्तामोडले सहयोग पु¥याएका थिए ।
जेसीजका सदस्य शोभितको ४३ बर्षको उमेरमा सामान्य ज्वरोका कारण अकल्पनीय रुपमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई