डिवि विष्ट | असार १५, बझांग | भातेखोला गाविसमा रकेट चुलो निर्माण हुने काम तिब्र भै रहेको छ ।  भातेखोला गाविस भरीमा झण्डै ८० प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डिवि विष्ट | असार १५, बझांग | भातेखोला गाविसमा रकेट चुलो निर्माण हुने काम तिब्र भै रहेको छ ।  भातेखोला गाविस भरीमा झण्डै ८० प्"/>
2026-09-19 01:04 AM
अर्थ/विकास

भातेखोला गाविसमा रकेट चुलो निर्माण हुँदै

डिवि विष्ट | असार १५, बझांग | भातेखोला गाविसमा रकेट चुलो निर्माण हुने काम तिब्र भै रहेको छ ।  भातेखोला गाविस भरीमा झण्डै ८० प्रतिशत ब्याक्तीहरुले रकेट चुलो निर्माण गरी सकेको र बाँकी २० प्रतिशत निर्माण गर्ने क्रममा रहेको एकीकृत विकास मञ्चका कार्यक्रम संयोजक भरत अधिकारीले बताउनु भयो । रकेट चुलोको प्रयोगले दाउरा कम लाग्ने, खाना छिटो पाक्ने, खाना तातो रहने, समयको बचत हुने लगायतका फाईदा हुने भए पछि स्थानीयहरु रकेट चुलो निर्माण गर्न लागेका हुन् ।

युएमएन र एकीकृत विकास मञ्चको संयुक्त साझेदारीमा रकेट चुलोहरु वितरण र निर्माण गरीएको स्थानीय सेर बहादुर ओखेडाले बताउनु भयो । भातेखोला र मष्टा गाविसमा एकीकृत विकास मञ्च द्धारा लागु भएका खाद्य सुरक्षा मत्रि समुदायको निर्माण, सुदरपश्चिम शिक्षा परियोजना र कार्वान उत्सर्जन न्युनीकरण परियोजना कार्यक्रमहरुको अनुगमन समेत गरीएको बताईएको छ ।

अनुगमनमा खटीनु भएका जिल्ला पशु सेवा कार्यलयका जय बहादुर खड्काले विगत भन्दा कार्यक्रम लागु भए पछि निकै राम्रो काम भएको बताउनु भएको छ ।

यसरी रकेट चुलो निर्माण गरे पछि वातावरणमा पर्ने असरहरु समेत कम भएको र विषेस गरेर जंगल फडानी, लगायतमा कमी आएको जिल्ला बन कार्यलय बाट अनुगमनमा खटीनु भएका बन रक्षक जित बहादुर चौधरीले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई