डिवि विष्ट | असार १५, बझांग | भातेखोला गाविसमा रकेट चुलो निर्माण हुने काम तिब्र भै रहेको छ ।  भातेखोला गाविस भरीमा झण्डै ८० प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डिवि विष्ट | असार १५, बझांग | भातेखोला गाविसमा रकेट चुलो निर्माण हुने काम तिब्र भै रहेको छ ।  भातेखोला गाविस भरीमा झण्डै ८० प्"/>
२३ मंसिर २०८२, सोमबार
अर्थ/विकास

भातेखोला गाविसमा रकेट चुलो निर्माण हुँदै

१५ असार २०७३, बुधबार ०१:३६

डिवि विष्ट | असार १५, बझांग | भातेखोला गाविसमा रकेट चुलो निर्माण हुने काम तिब्र भै रहेको छ ।  भातेखोला गाविस भरीमा झण्डै ८० प्रतिशत ब्याक्तीहरुले रकेट चुलो निर्माण गरी सकेको र बाँकी २० प्रतिशत निर्माण गर्ने क्रममा रहेको एकीकृत विकास मञ्चका कार्यक्रम संयोजक भरत अधिकारीले बताउनु भयो । रकेट चुलोको प्रयोगले दाउरा कम लाग्ने, खाना छिटो पाक्ने, खाना तातो रहने, समयको बचत हुने लगायतका फाईदा हुने भए पछि स्थानीयहरु रकेट चुलो निर्माण गर्न लागेका हुन् ।

युएमएन र एकीकृत विकास मञ्चको संयुक्त साझेदारीमा रकेट चुलोहरु वितरण र निर्माण गरीएको स्थानीय सेर बहादुर ओखेडाले बताउनु भयो । भातेखोला र मष्टा गाविसमा एकीकृत विकास मञ्च द्धारा लागु भएका खाद्य सुरक्षा मत्रि समुदायको निर्माण, सुदरपश्चिम शिक्षा परियोजना र कार्वान उत्सर्जन न्युनीकरण परियोजना कार्यक्रमहरुको अनुगमन समेत गरीएको बताईएको छ ।

अनुगमनमा खटीनु भएका जिल्ला पशु सेवा कार्यलयका जय बहादुर खड्काले विगत भन्दा कार्यक्रम लागु भए पछि निकै राम्रो काम भएको बताउनु भएको छ ।

यसरी रकेट चुलो निर्माण गरे पछि वातावरणमा पर्ने असरहरु समेत कम भएको र विषेस गरेर जंगल फडानी, लगायतमा कमी आएको जिल्ला बन कार्यलय बाट अनुगमनमा खटीनु भएका बन रक्षक जित बहादुर चौधरीले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता