पढ्न करिब 1 मिनेट लाग्छ

डिवि विष्ट | असार १५, बझांग | बझाङका स्थानिय बिकास अधिकारी आत्माराम सत्याल चढेको गाडि डोटीको घण्टेश्वरमा दुर्घटनामा परेको छ । बझाङबाट धनगढी तर्फ जादै गरेको बा १ झ ५६६ नम्बरको सत्याल चढेको बोलेरो जिप आज डोटीको घण्टेश्वर गाबिस वडा नं ३ बैच्चा पालनमा दुर्घटना भएको हो ।

उक्त गाडिमा स्थानिय बिकास अधिकारी सत्याल सहित ३ जना सवार रहेका थिए । चालक मनोज खड्काका अनुसार गाडिको स्टेरीङ फेल भएका कारण दुर्घटना भएको हो ।

सडकको पिल्लर तोडेर सडक भन्दा तल गएको जिप काफलको रुखमा अड्किएको स्थानिय मोहन पनेरुले जानकारी दिएका छन । उक्त जिपमा बझाङका स्थानिय बिकास अधिकारी सत्याल सहित चालक मनोज खड्का र बझाङबाट अध्यनका लागि धनगढी जादै गरेका बिबेक बम सवार रहेका थिए । दुर्घटनामा परेका तिनै जनालाइ कुनै चोट नलागेको बताइएको छ । स्थानीय विकास अधिकारी आत्मरा सत्याल बझाङ जिल्ला बाट काज सरुवा भै स्थानीय विकास मन्त्रलयमा जान लागेका थिए । सत्यालले असार ४ गते बझाङ पुग्नु भएका स्थानीय तथा प्रराष्ट्रमन्त्रि कमल थापाको स्वागत सत्कारमा बेवास्था गरेका कारणले सुरुवा गरीएको जिविस स्रोतको भनाई छ ।