Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दिदीबहिनी महोत्सव सफल बनाउन समितिहरु गठन

२०७६, १ माघ बुधबार १३:२५



महिलाहरुको व्यवस्थापनमा संचालनमा रहेको पर्वतको सामुदायिक रेडियो, रेडियो दिदीबहिनी ९५।२ मेघाहर्जको आयोजनामा हुन लागिरहेको महोत्सवको लागि बिभिन्न समितिहरु निर्माण गरिएको छ ।

रेडियो स्थापना भएको १० औँ बर्षको अवसरमा १३ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव सम्पन्न गर्नको लागि समितिहरु निर्माण गरिएको रेडियोकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव मुल संयोजकमा दुर्गा शर्मा, सहसंयोजकमा बिष्णु गौतम, खेलकुद संयोजकमा स्वदेश श्रेष्ठ, सहसंयोजकमा सुदिप श्रेष्ठ तथा सदस्यमा आशिस भुजेल रहनुभएको छ । 

यसैगरी, साँस्कृतिक संयोजकमा राजकुमार परियार, सहसंयोजकमा बिक्रम सुबेदी, स्वयंसेवक संयोजकमा क्याप्टेन शिवबहादुर कार्की र सहसंयोजकमा सुरेन्द्र श्रेष्ठ, झाँकी तथा ¥याली संयोजकमा डिलबहादुर बरूवाल, सहसंयोजकमा बिक्रम सुबेदी, सहसंयोजकमा नरेन्द्रबहादुर थापा, अतिथि स्वागत तथा सत्कार संयोजकमा नरबहादुर कार्की तथा सहसंयोजकमा बिष्णुदेवी सुवेदी रहनुभएको छ ।

नेपालमा विदेशी पर्यटकहरु भित्राएर देशलाई आर्थिक समृद्धिमा लैजाने गरी सरकारले भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरेर महोत्सवको आयोजना गरिएको हो । फागुन १ देखि ११ गतेसम्म संचालन हुने महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल, दोस्रो दिदीबहिनी डान्स आइडल, पालिका स्तरीय पुरुष भलिबल, विद्यालय स्तरीय नृत्य, रत्यौली, भजन लगायतका प्रतियोगिताहरु आयोजना गरिने भएको छ । झाँकी र कृषि तथा पशु मेला प्रर्दशनी, महिला उद्यमी तथा विशिष्ट व्यक्तिहरुलाई सम्मानका साथै बाल उद्यान, रमाइलो मेला र कलाकारको प्रस्तुति महोत्सवको थप आकर्षण हुने रेडियोका अध्यक्ष कल्पना चापागाइले बताउनुभयो ।

१ सय १० औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा देशभरका एफ एम रेडियोका महिला अध्यक्ष तथा स्टेशन म्यानेजरहरुलाई एकै ठाउँम भेला गराउने तयारी समेत भइरहेको रेडियोले जनाएको छ । महोत्सवलाई लक्षित गरेर पर्वत बेनीको जुगेधारामा खेलमैदान निर्माण गरिएको छ । वि।स। २०७१ मा स्थानीयले बगर सम्माएर बनाएको खेलमैदान मालढुङ्गा–बेनी सडक विस्तारका क्रममा फालीएको माटोले पुरिएको थियो । 

खेलमैदानमा थुप्रिएको ढुङ्गा बिक्रीका साथै सडक स्तरोन्नति आयोजनाका निर्माण व्यवसायीसंग समन्वय गरेर हालसम्म करिब पन्ध्र लाख रुपैया खर्चेर खेलमैदान पुननिर्माण भएको पर्वत बगर बेनी बजार सुधार समितिका अध्यक्ष शिवबहादुर कार्कीले बताउनुभयो । साठी लाख रुपैयाँ लागत अनुमान गरिएको खेलमैदानको प्रारम्भिक चरणको काम गरिएको छ । यसअघि रेडियोले कुश्मामा महोत्सव गर्दै आएको थियो । सदरमुकाम बाहिर पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको रेडियोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ