२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दिदीबहिनी महोत्सव सफल बनाउन समितिहरु गठन

१ माघ २०७६, बुधबार १३:२५



महिलाहरुको व्यवस्थापनमा संचालनमा रहेको पर्वतको सामुदायिक रेडियो, रेडियो दिदीबहिनी ९५।२ मेघाहर्जको आयोजनामा हुन लागिरहेको महोत्सवको लागि बिभिन्न समितिहरु निर्माण गरिएको छ ।

रेडियो स्थापना भएको १० औँ बर्षको अवसरमा १३ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव सम्पन्न गर्नको लागि समितिहरु निर्माण गरिएको रेडियोकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव मुल संयोजकमा दुर्गा शर्मा, सहसंयोजकमा बिष्णु गौतम, खेलकुद संयोजकमा स्वदेश श्रेष्ठ, सहसंयोजकमा सुदिप श्रेष्ठ तथा सदस्यमा आशिस भुजेल रहनुभएको छ । 

यसैगरी, साँस्कृतिक संयोजकमा राजकुमार परियार, सहसंयोजकमा बिक्रम सुबेदी, स्वयंसेवक संयोजकमा क्याप्टेन शिवबहादुर कार्की र सहसंयोजकमा सुरेन्द्र श्रेष्ठ, झाँकी तथा ¥याली संयोजकमा डिलबहादुर बरूवाल, सहसंयोजकमा बिक्रम सुबेदी, सहसंयोजकमा नरेन्द्रबहादुर थापा, अतिथि स्वागत तथा सत्कार संयोजकमा नरबहादुर कार्की तथा सहसंयोजकमा बिष्णुदेवी सुवेदी रहनुभएको छ ।

नेपालमा विदेशी पर्यटकहरु भित्राएर देशलाई आर्थिक समृद्धिमा लैजाने गरी सरकारले भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरेर महोत्सवको आयोजना गरिएको हो । फागुन १ देखि ११ गतेसम्म संचालन हुने महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल, दोस्रो दिदीबहिनी डान्स आइडल, पालिका स्तरीय पुरुष भलिबल, विद्यालय स्तरीय नृत्य, रत्यौली, भजन लगायतका प्रतियोगिताहरु आयोजना गरिने भएको छ । झाँकी र कृषि तथा पशु मेला प्रर्दशनी, महिला उद्यमी तथा विशिष्ट व्यक्तिहरुलाई सम्मानका साथै बाल उद्यान, रमाइलो मेला र कलाकारको प्रस्तुति महोत्सवको थप आकर्षण हुने रेडियोका अध्यक्ष कल्पना चापागाइले बताउनुभयो ।

१ सय १० औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा देशभरका एफ एम रेडियोका महिला अध्यक्ष तथा स्टेशन म्यानेजरहरुलाई एकै ठाउँम भेला गराउने तयारी समेत भइरहेको रेडियोले जनाएको छ । महोत्सवलाई लक्षित गरेर पर्वत बेनीको जुगेधारामा खेलमैदान निर्माण गरिएको छ । वि।स। २०७१ मा स्थानीयले बगर सम्माएर बनाएको खेलमैदान मालढुङ्गा–बेनी सडक विस्तारका क्रममा फालीएको माटोले पुरिएको थियो । 

खेलमैदानमा थुप्रिएको ढुङ्गा बिक्रीका साथै सडक स्तरोन्नति आयोजनाका निर्माण व्यवसायीसंग समन्वय गरेर हालसम्म करिब पन्ध्र लाख रुपैया खर्चेर खेलमैदान पुननिर्माण भएको पर्वत बगर बेनी बजार सुधार समितिका अध्यक्ष शिवबहादुर कार्कीले बताउनुभयो । साठी लाख रुपैयाँ लागत अनुमान गरिएको खेलमैदानको प्रारम्भिक चरणको काम गरिएको छ । यसअघि रेडियोले कुश्मामा महोत्सव गर्दै आएको थियो । सदरमुकाम बाहिर पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको रेडियोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य