२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका र चीनबीच नयाँ व्यापार सम्झौता

२०७६, २ माघ बिहीबार ०६:१२

माघ २,एजेन्सी | अमेरिका र चिनबिच बहुप्रतीक्षित व्यापार सम्झौता भएको छ | वासिङ्गटन डिसीमा आयोजित विशेष समारोहमा व्यापार युद्धलाई सहज बनाउने उद्धेश्यका साथ उक्त सम्झौतामा हस्ताक्षर भएको हो | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता 'महत्वपूर्ण' भएको बताएका छन् | 

चीनले अमेरिकी आयातमा २०० बिलियन डलरको बृद्धि गर्ने र बौद्धिक सम्पत्ति नियमहरूलाई सुदृढ पार्ने प्रतिबद्धता सम्झौतामा गरिएको छ | युएस चेम्बर अफ कमर्सका चाइना सेन्टरका अध्यक्ष जेरेमी वाटरम्यानले भने,‘यहाँ अगाडि बढ्नुपर्ने अझै धेरै कामहरू छन् |'

सम्झौतालाई राष्ट्रपति ट्रम्पले  ‘ऐतिहासिक सम्झौता’ भनेका छन् | उनले भने,हामी सँगसँगै विगतको गल्तीहरूलाई सही गर्दैछौं र आर्थिक न्याय र सुरक्षा को भविष्य प्रदान गर्दैछौं’| २०१८ देखि  अमेरिका र चिनबिचको ब्यापार युद्ध चल्दै आएको छ |

विश्व अर्थतन्त्रलाई समेत प्रभाव पारि रहेको दुइ देशबीचको व्यापारिक सम्झौता भएको छ | अमेरिकाले बौद्धिक सम्पत्ति र बढी अमेरिकी सामानहरू किन्ने प्रतिबद्धताबारे चीनले गरेका प्रतिज्ञाहरूको बदलामा केही थप शुल्कहरू आधा हुने कुरामा सहमति जनाएको छ।

सम्झौताले  विश्वका दुई ठूला अर्थतन्त्रहरूलाई  विकासको ट्र्याकमा ल्याउने विश्वास गरिएको छ | पहिलो चरणको उक्त सम्झौता दुबै देशको हितमा रहेको समेत बताइएको छ |  सम्झौतामा अमेरिकाले १२० अर्ब डलरको चिनियाँ उत्पादनको ट्यारिफ १५ प्रतिशतबाट ७.५ प्रतिशतमा घटाउने कुरामा सहमति जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित