2026-09-14 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालान्जारको अवलोकनमा स्पेनी पर्यटनमन्त्री

समुन्द्री सतहबाट दुई हजार ४ सय १३ मिटर उचाईमा रहेको भवरकोट  कालाञ्जर क्षेत्र  डाँडाकमेरे आन्तरिक र वाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । मोदी गाउँपालिका  एकमा  पर्ने जिल्लाको सवैभन्दा उचाईमा रहेको कालाञ्जर क्षेत्र अहिले स्वदेशी तथा विदेशी पर्यटकको  रोजाईमा पर्न थालेको हो ।  

मोदी गाउँपालिकामा पर्ने भवरकोट कालाञ्जार क्षेत्र, महाशिला गाउँपालिकामा पर्ने दक्षिण एसियाकै ठूलो महाशिला, विहादी गाउँपालिकामा पर्ने विश्वकै ठूलो शालिग्राम शिला र कुश्मा नगरपालिकामा पर्ने डहरेको लेकको स्पेनी पर्यटनमन्त्रीसहितको टोलीले अवलोकन गरेको छ ।

स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेश रेडोन्डोको नेतृत्वमा लुम्बिनी फाउन्डेसनका पदाधिकारीसहितको टोलीले जिल्लामा रहेका उच्च पहाडी क्षेत्रहरुको अवलोकन गरेको हो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाईरहेका बेला स्पेनी मन्त्री नुरियाको टोलीले जिल्लाको सवैभन्दा उचाईमा रहेको कालाञ्जर क्षेत्र  अवलोकन गरेको हो । टोलीमा लुम्बीनी गार्डेन फाउण्डेशनका संरक्षक निरज श्रेष्ठ, उपाध्यक्ष गोविन्द सुवेदी, महासचिब एकाराज गिरी लगायतको पनि सहभागिता रहेको थियो ।

  जिल्लाकै उच्च भेगकालाञ्जर  डाँडाकमेरेमा  पर्यटकहरुको स्वागत गरीएको हो । कार्यक्रममा मोदी गाउँपालिका भित्र रहेको मगरको सोरठी नाच  ब्रह्मण समुदायको चुड्का भजन तथा  सालैजो लोकभाकाले स्वागत गरीएको हो ।  स्पेनी पर्यटकलाई  गाउँ पालिकाका अध्यक्ष प्रेम पौडेलले स्वागत गर्नुभएको हो । स्वागत गर्दै निर्माणाधिन रहेको  मौहरे डाँडाँ खोरेपानी  तथा पुन हील  जाड्ने पदमार्ग समेत रहेको   डाँडा कमेरेलाई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन  पर्यटकहरुको भव्यताका सातको कार्यक्रम आयोजना गरीएको  गाउँ पालिका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । 

माछापुच्छ्रे , अन्नपूर्ण , धौलागिरी लगायतका हिमालका दृश्यबवलोकन गर्न सकीने  भवरकोट पुग्न पदमार्ग निर्माण भईरहेको  छ ।  चार करोडको लागतमा  पर्यटन पुर्वाधारको लागि विभिन्न संरचना बनाउन लागिएको हो । अहिले भवरकोट पुग्न पातीचौरबाट सिँडी सहितको पदमार्ग निर्माण गर्न शुरु भएको छ । अवलोकनका लागि आएका स्पेनी मन्त्री सहितको टोलीलाई मोदी गाउँपालिकामै उत्पादन गरिएको अल्लोको कपडा र नेपालको झण्डा उपहारस्वरुप प्रदान गरिएको थियो । अतिथी स्वागत कार्यक्रमको संचालन मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रमका अवसरमा  स्थानीय होमस्टेका विभिन्न परिकारको स्वाद तथा  झाँकी  पन्चे बाजाले सम्मान गरीएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले