२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत महोत्सव शुरु हुन ३ दिन बाँकी, स्टल धमाधम बुकिङ हुँदै

२०७६, ६ माघ सोमबार १३:३०


पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सव तयारी तीब्र रुपमा अगाडी बढेको छ ।  महोत्सव शुरु हुन अब तीन दिन मात्रै बाँकी रहेको बेलामा स्टल बुकिङका लागि व्यापारीहरु धामाधाम आउन थालेका छन् । लघुउद्यमी पहिलो तीस जनालाई निशुल्क र पर्वतका उद्योगी व्यवसायीलाई २५ प्रतिशतमा स्टल बुकिङ थालिएपछि स्टल बुकिङकोे लागि आउनेहरुको भीड लाग्न थालेको हो ।

महोत्सव आयोजक उद्योग बाणिज्य संघले गण्डकी प्रदेशका तीस लघुउद्यमीलाई निशुल्क स्टलको व्यवस्था मिलाइएको जनाएको छ । गण्डकी प्रदेशको लघुउद्यमलाई प्रर्बद्धनको लागि महोत्सवको आयोजना गरिएकाले लघु उद्यमीहरुलाई निशुल्क स्टलको व्यवस्था गरिएको महोत्सव मुल संयोजक केदरनाथ शर्माले जानकारी दिनुभयो ।

साथै पर्वतका उद्योगी र व्यापारीहरुको लागि २५ प्रतिशत सहुलियतामा स्टल उपलब्ध गराउने उद्योग बाणिज्य संघ पर्वतले जनाएको छ । महोत्सवमा स्थानीय लघुउद्यमको प्रचारप्रसार  गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवले नेपाल सरकारले शुरु गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा जोड दिने महोत्सव मुल आयोजक समितिका संयोजक एवं  उवासंघ पर्वतका अध्यक्ष केदरनाथ शर्माले बताउनु भयो ।

स्टल उपलब्ध गराउनेछौं । कोही लघुउद्यमी हुनुहुन्छ भने तपाइहरुले निशुल्क रुपमा आफ्नो उद्यमको विक्रिवितरण तथा प्रदर्शनीमा राख्न सक्नुहुनेछ उनले भने  । गण्डकी प्रदेशमा रहेका लघुउद्यमको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको बताउँदै उनले लघुउद्यमको विकासको लागि महोत्सव फलदायी हुने बताए । महोत्सव आयोजकले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर लघुउद्यमीलाई निशुल्क स्टलको व्यवस्था मिलाएको हो ।

महोत्सवको तयारी बारे प्रचारप्रसार समितिका संयोजक ठाकुर वि पौडेलले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । महोत्सव आउन अब केहि दिन मात्रै बाँकी रहँदा प्रचारप्रसारको अवस्थाको बारेमा  पत्रकारहरुलाई पछिल्लो जानकारी गराईको हो ।

महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । महोत्सव अवधिमा भाइरल बालकलाकार कमला घिमिरे, रामकृष्ण ढकाल, लेकाली व्याण्ड लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा पालिकास्तरीय पुरुष  भलिबल प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने आयोजकले जनाएको छ । महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहने आयोजकले जनाएको छ । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल