२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन दिनदेखि कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

८ माघ २०७६, बुधबार ०९:१६

माघ ८, सुर्खेत | साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् ।

कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए । “मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो”, प्रमुख खतिवडाले भने, “त्यसको लागि मङ्गलबार नै प्राविधिक टोली कालीकोट पठाइसकेका छौँ ।”

उनका अनुसार आजभोलि नै प्राविधिक टोलीले सञ्चार सेवा पुनःसञ्चालन गर्नेछ । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल