२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत महोत्सवको तेस्रो दिन भोलि रामकृष्ण ढकाल आउँदै

२०७६, १० माघ शुक्रबार १५:१४


पर्वत । छैठौ पर्वत महोत्सवको तेस्रो दिन चर्चित कलाकार रामकृष्ण ढकाल आउने भएका छन् । ढकालसँगै महोत्सवमा पालिकास्तरीय पुरुष भलिबल, दौड प्रतियोगिता, रत्यौली प्रतियोगिता र डान्स प्रतियोगिता हुने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिनसम्म हजारौ दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

महोत्सवको आजको दिन भजन प्रतियोगिता, डान्स प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको प्रस्तुती र लाइभ कन्सर्ट पनि भएको थियो ।

पर्वत उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा गण्डकी प्रदेशका लघुउद्यमीलाई जोड दिइएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं उवासंघ पर्वतका अध्यक्ष केदरनाथ शर्माले जानकारी दिए । लघुउद्यमीहरुको लागि ३० वटा स्टल निशुल्क उपलब्ध गराएको छ ।

महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । त्यस्तै महोत्सवमा छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहेका छन् । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित