2026-09-04 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेमिट्यान्स नेपाल पठाउँदा लाग्ने लागत घटाउनुपर्ने राष्ट्र बैंकको निष्कर्ष

माघ १३, काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको लागत घटाउनु पर्ने निश्कर्ष निकालेको छ । राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा. गुणाकरण भट्टको नेतृत्वले ‘नेपालमा विप्रेषण आप्रवाह स्थिति’ सम्बन्धी गरिएको अध्ययनले वैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याउने क्रम बढाउनका लागि रेमिट्यान्स लागत घटाउनु पर्ने निश्कर्ष निकालेको हो ।

राष्ट्रिय र प्रादेशिक महत्वका योजनामा विप्रेषण आप्रवाहको परिचालन गर्ने संयन्त्र विकास गर्ने, औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह आकषिर्त गर्न विप्रेषण पठाउदा लाग्ने लागतमा कमी ल्याउने र वित्तीय पहुँच बिस्तार गर्ने लगायतका कार्यले विप्रेषण रकमको उत्पादनशील उपयोग बढाउन सकिने अध्ययन प्रतिवेदनले निश्कर्ष निकालेको छ । 

विप्रेषण नेपाल पठाउँदा लाग्ने औसत लागत विश्वको औसत भन्दा कम देखिएता पनि भारत र बंगलादेशको भन्दा बढी रहेको पाइएको छ । विप्रेषण नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको भन्दै राष्ट्र बैंकले वाह्य क्षेत्र सन्तुलन कायम गर्न मात्र नभई शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा समेत विप्रेषण आप्रवाहको महत्वपूर्ण भूमिका रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनाको तथ्यांकअनुसार कुल रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुकतर्फ गएका छन् भने यस अवधिमा खाडी मुलुकहरुबाट प्राप्त भएको विप्रेषण कुल विप्रेषण आप्रवाहको करिब ५०.३ प्रतिशत रहेको छ ।

अमेरिकी डलर २०० भन्दा कम पठाउन संयुक्त राज्य अमेरिकाबाट सबैभन्दा बढी र मलेशियाबाट सबैभन्दा कम लागत लाग्ने देखिएको प्रतिवेदनले देखाएको छ । नेपाली कामदारको प्रमुख गन्तब्य रहेका खाडी मुलुकबाट नेपालमा रकम पठाउन मलेशियाभन्दा वढी लागत लाग्ने देखिएको छ । 

नेपाल भित्रिने विप्रेषणको औसत लागत विश्वको औसत (६.८४ प्रतिशत) भन्दा कम रहेको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल