2026-09-04 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार सम्बन्धी उजुरीलाई मेलमिलापकर्ता मार्फत टुंग्याउन सकिने

माघ १४, काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी उजुरीलाई छिटो फरफारक गर्न सहयोग पुर्याउने उद्देश्यले वैदेशिक रोजगार विभागमा सूचीकृत ५३ मेलमिलापकर्तालाई शपथ खुवाइएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री, नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलगायतको उपस्थितिमा सोमबार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले सूचीकृत मेलमिलापकर्तालाई शपथ खुवाएका हुन् ।

विभागले गत पुस १५ गते एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारीसम्बन्धी उजुरीमा मेलमिलापकर्ताका रूपमा काम गर्न चाहने तालीमप्राप्त व्यक्तिलाई सूचीकृत हुन आह्वान गरेको थियो । मेलमिलापकर्ताका रूपमा काम गर्न इच्छुक रहेको भन्दै ५३ जना सूचीकृत भएका थिए ।

मेलमिलापसम्बन्धी ऐन, २०६८ तथा नियमावली, २०७० ले यस सम्बन्धी व्यवस्था गरेको छ । यससँगै विभागले वैदेशिक रोजगारीसम्बन्धी उजुरी फरफारकमा तेस्रो निष्पक्ष व्यक्तिको सहयोग लिने बाटो खुलेको छ । कार्यक्रममा मेलमिलाप परिषद्का अध्यक्ष समेत रहनुभएका सर्वोच्च अदालतका न्यायाधीश खतिवडाले मेलमिलापकर्ताले दिने न्याय पीडित र पीडक दुवैलाई न्याय हुने खालको हुनुपर्नेमा जोड दिए । नायब महान्यायाधिवक्ता पाण्डेले मेलमिलाप प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा महानिर्देशक भुसालले पुराना मुद्दा फछर्याेट गर्न विभागको ध्यान केन्द्रित भएको उल्लेख गर्दै मेलमिलापकर्ताको संलग्नतापछि मुद्दा फछर्याेटको दर बढ्ने विश्वास व्यक्त गरे । यसैबीच आजदेखि विभागमा मेलमिलाप कक्षको स्थापना गरिएको छ । सो कक्षको सर्वोच्चका न्यायाधीश खतिवडाले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल