2026-09-04 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारदाताले टिकट खर्च नदिएको भन्दै म्यानपावरले रोक्यो ‘श्रमिकको डकुमेन्ट’

माघ १५, काठमाडौं | वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएर साउदी जान लागेका एक युवालाई म्यानपावर कम्पनीले विदेश पठाउन नसक्ने जवाफ दिएको छ | गोरखा ह्युमन रिसोर्स सोलुसनका संचालक मेघ बहादुर मगरले तनहुँका माधव बानियाँलाई साउदी पठाउन नसक्ने जवाफ दिएका हुन्  |

म्यानपावर कम्पनीले साउदीको लागि लागत ८० हजार मागेको थियो तर मागेजति रकम नभएको कारण दिन सकिन बानियाँले साझा सबालसंग भने ‘मलाई शुक्रवारको टिकट छ, भनेर बोलाइको हो त्यसपछि म म्यानपावरमा गएर मेरो डकुमेन्ट सहित टिकट मागेको हुँ, तर म्यानपावरले दिएन | म्यानपावरले पैसा नतिरेसम्म डकुमेन्ट नदिने भन्दै फर्काएपछि उनी बुधबार नै वैदेशिक रोजगार विभाग बुद्धनगरमा पुगेका थिए | 

विभागमा महानिर्देशक डा. भीष्म कुमार भुसाल, निर्देशकहरु हरि ज्ञवाली र भोला गुरागाईंलाई भेट्न नपाएको भन्दै उनले साझा सबालमा कल गरि गुनासो गरेका थिए  | सो पश्च्यात उनले विभागकै एक अधिकृत कर्मचारीलाई आफ्नो समस्या बारे गुनासो राखेका थिए | उनको गुनासो सुनेपछि विभागले म्यानपावर संचालकलाई विहिबार विभाग कार्यालय हाजिर हुन निर्देशन दिएको छ | बानियाँ र म्यानपावर संचालकलाई राखेर थप विवरण लिने र म्यानपावरलाई कारवाही प्रक्रिया अगाडी बढाउने विभाग श्रोतले जानकारी दिएको छ | 

 बानियाँको समस्याबारे म्यानपावरले भने गैर जिम्मेवार जवाफ दिएको छ | बानियाँलाई किन डकुमेन्ट नदिएको हो ? भन्ने साझासबलाको प्रश्नमा म्यानपावर संचालक मेघ बहादुर मगरले भने ‘शुरुमा रोजगारदाताले टिकट दिने कुरा गरेको थियो तर अहिले सेवा शुल्क सहित टिकट दिन नसक्ने जवाफ दियो त्यसैले हामीले उनलाई शुल्क नलिई साउदी पठाउन सक्ने अवस्था छैन |” रोजगारदाताले म्यानपावरलाई सेवा शुल्क नदिएको अवस्थामा सरकारले साउदी जानको लागि म्यानपावरले लिन पाउने सेवा शुल्क १० हजार तोकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल