Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पश्चिम नवलपरासीको सडक निर्माणमा ३७ करोड बजेट

By साझासवाल 2 मिनेट पढाइ

माघ १७, काठमाडौं । पश्चिम नवलपरासीको सडक निर्माणमा प्रदेश ५ सरकारले ठूलो रकम विनियोजन गरेको छ ।

प्र्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयले यस आर्थिक वर्षमा नवलपरासीका विभिन्न स्थानका सडक निर्माण एवं मर्मतका लागि ३७ करोड ९५ लाख ६१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

उक्त बजेटबाट सडक निर्माण भइरहेको सडक पूर्वाधार विकास कार्यालय भैरहवामा सिनियर डिभिजन इन्जिनियर ललित न्यौपानेले बताए ।

प्रदेश मन्त्रालयले सडक निर्माणसँगै नवलपरासीका लागि सिँचाइमा २१ करोड २४ लाख ९१ हजार, खानेपानीका लागि १३ करोड ४७ लाख, आवास तथा बस्ती बिकासका लागि १६ करोड ८५ लाख, स्थानीइ तहलाई सशर्त छ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।