2026-09-04 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा सबाल छड्के: ५ दिन तालिम दिएको १ लाख !

माघ १९, काठमाडौं । वैदेशिक रोजगारीको लागि आवश्यक सीप सिकाउने र प्रमाणपत्र दिने नाममा श्रमिकसंग अबैध रुपमा चर्को शुल्क लिने गरेको खुलेको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएकै आधारमा वैदेशिक रोजगारीको लागि आवश्यक सीप सिकाएर श्रमिकसंग चर्को शुल्क लिने गरेको प्रमाण भेटिएको हो । 

वैदेशिक रोजगारीमा जान लागेका एक युवाले तालिमको नाममा आफू ठगीको भन्दै साझा सबालमा गुनासो गरेपछि हामीले त्यस्ता तालिम दिने संस्थाहरुको खोजि गरेका छौं । राजधानीमानै केहि त्यस्ता संस्थाहरु भेटिएका छन् जसले अबैध रुपमा तालिम केन्द्र संचालन गरि तालिम दिएर चर्को शुल्क अशुली गरेको पाइएको छ । 

१. एम्ब्स नेपाल प्रा. लि.

सामखुशी टोखा रोडस्थित एम्ब्स नेपाल प्रा.लि.ले आफ्नो वेबसाइटमा कम्पनीको बारेमा राखेको विवरण अनुसार रोप एक्सेस प्रशिक्षण सेवा दिने कम्पनी भएको जनाएको छ  । जुन नेपालमा दर्ता छ, भनिएको छ तर कम्पनी रजिष्ट्रार कार्यालयमा मात्र दर्ता हो, जसले दिने सेवाको नेपालमा कुनै पनि सरकारी मान्यता भने पाएको छैन । कम्पनीले स्तर १, स्तर २ र स्तर प्राविधिकहरूका लागि रोप एक्सेस प्रशिक्षण प्रदान गर्ने उल्लेख छ ।  

रोप एक्सेस प्रशिक्षण सुविधाको लागि एम्ब्स नेपालकै सबैभन्दा ठूलो कम्पनी भएको उल्लेख छ । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नेगरि औद्योगिक रोप एक्सेस विशेषज्ञ र प्रोफेशनल बिजनेस म्यानेजरको नेतृत्वमा कम्पनीले नेपालमा सक्षम टेक्नीशियन उत्पादन गर्न सहज प्रयास गरिरहेको उल्लेख छ । तर सोहि एम्ब्स नेपाललेनै एक हप्ताको तालिमको लागि एक युवाबाट एक लाख रकम लिएको प्रमाण साझा सबालले प्राप्त गरेको छ ।

२. उद्घाटन गर्न वोर्डकै कार्यकारी निर्देशक, तर अनुमति छैन

काठमाडौंको बसुन्धरामा रहेको इन्टरस्काप सेफ्टी ट्रेनिङ सोलुसनको गत साउन ३१ गते वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ सहितको टोलीले उद्घाटन गरेका थिए । १० रोपनी जग्गामा अन्तराष्ट्रिय स्ट्राण्डर्डका ट्रेनिङ सामाग्रीका साथ इन्टरस्काप सेफ्टी ट्रेनिङ सोलुसन प्रा.लिले सो सेन्टर संचालनमा ल्याएको थियो ।

ट्रेनिङ सेन्टरबाट स्काफोल्डिंग, रोप एक्सेस, आल्मुनिएम तथा स्टिल फेब्रीकेशन, सटरिङ कार्पेन्टर, फिनिसिङ कार्पेन्टर, स्टिल फिक्सर, इन्सुलेटर, मेसन, वेल्डिङ लगायत विषयमा तालिम प्रदान गरेर कामदारलाई दक्ष बनाउने उदेश्य रहेको उद्घाटनका अवसरमा कम्पनीका अध्यक्ष टेक बहादुर पौडेलले बताएका थिए ।

साथै बेलायतको मान्यता प्राप्त सिजर्स (सिआइएसआरस अर्थात् Construction Industry Scaffolders Record Scheme) को स्काप फोल्डिङका विभिन्न लेवलका कोर्ष यसै सेन्टरबाट लिन सकिने उद्घाटन अवसरमा पौडेलले बताएका थिए । सिआइएसआरस प्रमाणपत्र अन्तराष्ट्रिय मान्यता पाउने भएकोले जिसिसि लगायत अन्य मुलुकका बहुराष्ट्रिय कम्पनी तथा सरकारी निकायले प्राथमिकता दिने उनले दावी गरेका थिए । यसै सेन्टरबाट बेलायतको इराटा अर्थात् डोरीमा झुन्डिने ट्रेनिङको पनि विभिन्न लेवलका कोषहरूका साथै प्रमाणपत्र उपलब्ध गराइने उनले बताएका थिए । रोप एक्सेस अन्तराष्ट्रीय स्तरको तालिम दिने यो कम्पनी नेपालमा कम्पनी दर्ता बाहेक अन्य कुनै सरकारी निकायबाट समकक्षता भने पाएको छैन ।

३. अन्नपुर्ण रोप एक्सेस 

अन्नपुर्ण रोप एक्सेसले पनि रोप एक्सेस लेवल-१ को तालिम दिने गरेको पाइएको छ, यसले पनि ५ दिनको तालिमको लागि नै १ लाख रकम लिने गरेको बताएको छ । अन्नपुर्णको कार्यालयमा हामीले टेलिफोन छड्के गर्दै एउटा तालिम लिन चाहेको कामदार बनेर सोध्यौं, तालिमको लागि कति रकम लिएर आउनुपर्छ ? एक कर्मचारीले जवाफ दिएका छन्, ‘१ लाख लिएर आउनुपर्छ, शुरुमै पैसा ल्याउनुपर्छ ।’ हामीले सोधेका छौं ‘कति दिनको लागि हो ?’ उत्तरमा भनिएको छ ‘एक हप्ताजतिको तालिम हो ।’ ति कर्मचारीले शुल्कको बिषयमा सोध्दा बताउन आनाकानी गरेको र कमबारे कार्यालयमा नै आएर थप बुझ्न अनुरोध गरेका छन् । 

कसले दिन्छ मान्यता ?

वैदेशिक रोजगारीसंग सम्बन्धित भएमा वैदेशिक रोजगार विभागबाट इजाजत पत्र लिनुपर्छ साथै अन्य कुनै तालिम दिने भएमा प्राविधिक शिक्षा तथा व्यसायिक तालिम केन्द्र (सिटीईभिटी) बाट समकक्षता लिनुपर्ने हुन्छ । तर यी तीन वटै संस्थाले हालसम्म कुनै अनुमति लिएका छैनन् ।

सीपमुलक तालिमको लागि नेपाल सरकार मातहतका कुनै पनि कार्यालयबाट संचालनको लागे अनुमति लिनुपर्ने हुन्छ । ‘तपाइले कुनै सरकारी कार्यालयबाट संचालन अनुमति लिनुभएको छ ?’ भन्ने साझा सवालको प्रश्नमा एम्ब्स नेपालका प्रबन्ध निर्देशक सुजन गुरुंङले कुनै पनि अनुमति भने नलिएको स्वीकार गरेका छन् । ट्रेनिङ बापत शुल्क लिएको र सो ट्रेनिङ बेलायतबाट मान्यता प्राप्त भएको उनले दावी गरे ।

त्यस्तै इन्टरस्काप सेफ्टी ट्रेनिङ कम्पनीका अध्यक्ष पौडेलले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको तर सिटीईभिटीबाट सम्बन्धन लिने प्रक्रियामा रहेको बताएका छन् । उनले रोप एक्सेस ट्रेनीङ्ग वापत श्रमिकसंग कुनै शुल्क नलिने दावी समेत गरेका छन् तर उनकै कम्पनीमा छड्के बुझ्दा एक कर्मचारीले ६ दिनको तालिम बापत खान/बस्न सहित १ लाख १० हजार रुपैंया लाग्ने बताएका छन् । तालिम लिन चाहेको भन्दै साझा सबालले छड्के बुझ्ने क्रममा कति शुल्क लाग्छ भनेर सोध्दा कम्पनीका एक कर्मचारीले ‘कुन म्यानपावरबाट पठाएको ? कसले पठाएको ? नाम के हो ? फोन नम्बर कति हो ?’ भन्दै भेरिफाई गरेपछि मात्र लागतको बिषयमा खुलाशा गरेका छन् ।   

रोप एक्सेसको नेपालमा कोर्षनै छैन, पाठ्यक्रम विभागमा गएका थियौं, उहाँहरु भर्खर तयारी गर्दै हुनुहुन्छ, उहाँहरुले नै हामीलाई पाठ्यक्रम बनाउनुपर्यो भन्नुभयो पौडेलले भने ‘अन्तराष्ट्रिय कोर्ष भएकोले हामीले चलाएका हौं ।’ 

छानवीन कहिले हुन्छ ?

रोप एक्सेस तालिमको लागि तीन वटै संस्थाले वैदेशिक रोजगार विभागबाट संचालन अनुमति नलिएको विभागले जनाएको छ । विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले तालिम दिएर जहाँको सर्टिफिकेट उपलब्ध गराउने भएपनि नेपालमा दर्ता हुनुपर्ने बताए । संस्थाबारे थप जानकारी लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइने उनले बताए ।

सिटीईभिटीको समकक्षता शाखाका उपनिर्देशक खेम पोखरलेले रोप एक्सेस तालिमको लागि कुनैपनि संस्थाले सिटीईभिटीबाट संचालन अनुमति नलिएको बताएका छन् । संचालन अनुमति बिनै ट्रेनीङ्ग संचालन गरेर चर्को शुल्क लिनु अबैध हुने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल