२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम काउन्सेलर र श्रम सहचारीसंग म्यानपावर व्यवसायीको छलफल, सहकार्य गर्नुपर्नेमा जोड

२०७६, १९ माघ आईतवार १५:१४

माघ १९, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नवनियुक्त भएका श्रम सहचारी तथा काउन्सेलरसंग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताएको छ । सरकारले खाडिका ४ देशका लागि नियुक्त गरेका श्रम सहचारी तथा काउन्सेलरसंगको 'परिचयात्मक एवं शुभकामना' कार्यक्रममा संघले उक्त मुलुकमा रहेका नेपाली श्रमिकका साथै म्यानपावर व्यवसायीहरुले भोग्नुपरेका समस्या समाधानका लागि सहकार्य गरेर अगाडी बढ्न चाहेको बताएको हो ।

news-details

सरकारले केहि दिन अगाडी साउदी अरबको श्रम काउन्सेलरमा उपसचिव जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापालाई नियुक्त गरेको थियो । त्यस्तै बहराइनका लागि श्रम सहचारीमा शाखा अधिकृत दामोदर दाहाल र कतारका लागि अनुज गौतमलाई नियुक्त गरेको थियो । चारै जना परराष्ट्र मन्त्रालय हाजिर भएर आ- आफ्नो कार्यक्षेत्र जानुपुर्व संघले उनीहरुको कार्यकालको सफलताको शुभकामना दिदै सहकार्यका लागि तयार रहेको बताएको हो । श्रमिक र व्यवसायीका अधिकतम समस्या दुतावासमा श्रम सहचारी तथा काउन्सेलरले हेर्नुपर्ने भन्दै उनीहरुले सहज तरिकाले काम गर्नुपर्नेमा व्यवसायीले जोड दिए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष विष्णुप्रसाद गैरेले वैदेशिक रोजगार व्यवसायीले नवनियुक्त श्रम सहचारी तथा काउन्सेलरहरुलाई कार्यकाल सफलताको शुभकामना दिदै व्यवसायीहरु निरन्तर सम्पर्कमा रहने भन्दै सहकार्य गरेर अघि बढन सुझाव दिए ।  विदेशमा नेपाली श्रमिक कुनै पनि समस्यामा पर्न हुदैन भन्नेमा व्यवसायीहरु प्रतिवद्ध रहेको धारणा राख्दै गैह्रेले व्यवसायी माथि परेका मर्काबारे पनि कर्मचारीले सोच्नुपर्ने धारणा राखे । 


कार्यक्रममा संघका पुर्व अध्यक्षहरु बलबहादुर तामाङ्ग, विमल ढकाल,  प्रेम बहादुर कटुवाल लगायतले साउदी एम्बेसी मार्फत काम गर्दा व्यवसायीले झन्झट खेप्नुपरेको भन्दै श्रम काउन्सेलर राइको ध्यानाकर्षण गरेका थिए । सरकारले तोकेको न्युनतम तलब, सेवा सुविधामा फरक, डिमाण्ड प्रमाणीकरणमा समस्या जस्ता कारणले व्यवसायीले हैरानु खेप्नुपरेको भन्दै आगामी दिनमा त्यस्ता समस्या सुधारका लागि पहल गर्न राईको ध्यानाकर्षण गरे । साउदी अरबका लागि श्रम काउन्सेलरमा नियुक्त जीवन कुमार राईले व्यवसायी तथा सरोकारवाला निकायसँग समन्वय गर्दै आफुहरुले जिम्मेवारी निर्वाह गर्ने धारणा राखेका थिए । उनले व्यवसायीका समस्या आफुले सुझावका रुपमा लिएको भन्दै त्यसलाई सुधार गर्न पहल गर्ने बताए । 

त्यस्तै युएईका लागि श्रम काउन्सेलरमा नियुक्त निर्मला थापाले सरकारी नीति नियम भित्र रहेर आफुहरु समस्या समाधानका लागि सहज वातावरण बनाउन लागिपर्ने बताईन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै