2026-09-25 08:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेश फर्कन चाहने नेपालीहरुलाई सम्पर्कमा आउन साउदी दुतावासको अनुरोध

माघ २०, रियाद । साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्था अनुरूप नेपाल फर्किन चाहने नेपालीहरुको लागि फारम तथा कागजात संकलन गर्न साउदी अरब स्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले अकामा नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा सजाय भुक्तानी गरिसकेका विदेशी कामदारहरुका लागि वहिर्गमनको व्यवस्था गरेको छ । 

साउदी सरकारले ल्याएको यो बहिर्गमन योजना अन्तर्गत स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फिर्कन आवश्यक पर्ने फारम र कागजातहरु राखी पत्रसहित सम्बन्धित श्रम कार्यलयमा जानका लागि नेपाली राजदूतावासले आगामी फागुन २ र ३ गते  (तदनुसार १४, १५ फेब्रुवरी २०२०) राजधानी रियादबाट धेरै टाढाको दुरीमा रहेका अलकुरियात र अल जोफ सकाका क्षेत्रमा कर्मचारीहरु खटाई फारम र निवेदन संकलन गर्ने भएको छ । तोकिएको स्थानमा उपस्थित भई फारम भरेर बहिर्गमन व्यवस्थाको फाइदा लिई स्वदेश फर्किनुहुन दुतावासले अनुरोध गरेको छ । कुनै समस्या भएमा सम्पर्क व्यक्तिका रुपमा वीर कुमार राय (तृतीय सचिव) ०५५९३४६४००, ०५६५४४१३६५ लाई कल गर्न सकिने दुतावासले जनाएको छ । 

तोकिएको स्वरूपको निवेदन (निवेदनको ढाँचा कार्यक्रम स्थलमा रहनेछ), अकामाको प्रतिलिपि-३ प्रति र  राहदानी र भिषाको प्रतिलिपी ३ प्रति आवश्यक पर्ने दुतावासले जनाएको छ ।

Image may contain: text

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक