२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

२० माघ २०७६, सोमबार १२:१३

माघ २०, गलकोट । बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक वालिकाको मृत्यु भएको छ ।  

बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई रामरेखा आफन्त सीता विकको घरमा आएकी विमला विककी छोरी १५ महिनाकी दीपसिना विकको आइतबार दिउँसो  घरको छतमाथि खेलिरहेका बेला अचानक भुईँमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

छतबाट खसेर घाइते बालिकाको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइए पनि अस्पतालले गए राति मृत घोषाण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।  

यसैबीच बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ भडकुवामा एक शिक्षक हराएको तीन दिनपछि मृत अवस्थामा फेला पर्नुभएको छ । 

पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गाबहादुर राना आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

शिक्षण पेशाका लागि जैमिनीमा डेरा गरी बस्ने ५५ वर्षीय राना माघ १७ गते पर्वत घरदेखि अध्यापनका लागि जैमिनी आएपछि सम्र्पकविहीन हुनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख भट्टले जानकारी दिनुभयो । शिक्षकको शव सडकदेखि केही तल बारीको कुनामा फेला परेको हो ।  शिक्षकको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । शवको धौलागिरी अञ्चल अस्पताल बागलुङमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ  । 

यसैबीच बागलुङ नगरपालिका–३ लालीगुँरास चोकमा रहेको होटल ऐलिनाको शौचालयमा आइतबार एक जनाको मृत्यु भएको छ ।  काठेखोला गाँपालिका–७ रेश घर भएका ४७ वर्षीय  रनबहादुर कार्की  होटलमा गई होटलमा खाजा नखाँदै शौचालय गएकोमा लामो समयसम्म शौचालयको ढोका नखोलेकोले प्रहरीलाई होटलधनीले खबर गरेका थिए ।   प्रहरीले शौचालयमा फेला परेका कार्कीलाई धौलागिरी अञ्चल अस्पताल लगे पनि डाक्टरले मृत घोषण गरेको थियो ।  मृत्यु हुनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ