२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा ५ किलोमिटरको भाडा डेढ सय, जिम्मेवार निकाय बेखबर

२३ माघ २०७६, बिहीबार ०५:५८

माघ २३, दार्चुला | दार्चुलाको शैल्यशिखर  नगरपालिका–९, गोकुलेश्वरदेखि  शैल्यशिखर–१, बलाँचसम्मको कालोपत्रे सडकमा यातायात व्यवसायीले चर्को भाडा असुल्ने गरेका छन् | जिपले  गोकुलेश्वर–मार्मा  सडक  खण्डको गोकुलेदेखि पाँच किलोमिटर दूरीमा रहेको झरना,कर्कले,  पंसेरासम्मको ५० देखि  १५०रुपियाँसम्म गाडी भाडा माग्ने गरेको शैल्यशिखर नगरपालिका–१, बलाँचका  स्थानीयले गुनासो  गरेका छन् । 

गोकुलेश्वरदेखि बलाँचसम्मको बाह्र किलोमिटर कालोपत्रे सडकमा एक वर्षयता १५० रुपियाँ  भाडा  माग्ने  गरेको  स्थानीय  सुरेन्द्रबहादुर  तितराले बताएका छन् |

विगतमा  बलाँचसम्म ६० रुपियाँ  गाडी भाडा लिने गरेकोमा एक वर्षयता मनोमानी ढङ्गले दोब्बर बढी रकम वृद्धि गरिएको नरेन्द्र जोशीले बताएका छन् | यातायात व्यवसायीले दोब्बर भाडा असुली गरिरहँदा  समेत जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, जनप्रतिनिधिलगायत  सरोकारवाला कसैको पनि ध्यान नगएकोप्रति स्थानीय आक्रोशित छन् | यातायात व्यवसायीले भने अनुसार गाडी भाडा नतिर्ने यात्रुलाई नबोक्ने भएकोले बाध्य भएर बढी भाडा तिर्नुपरेको स्थानीयको गुनासो छ | 

यातायात व्यवसायीहरूले मनोमानी ढङ्गले दोब्बर  भाडा  माग्न  थालेपछि भाडा नियन्त्रणको माग  गर्दै  शैल्यशिखर  नगरपालिका–१ का स्थानीयले वडा कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय दार्चुलाको   ध्यानाकर्षण गराएका  छन् । आफूहरूले पटकपटक भाडा नियन्त्रणको माग गरे पनि  सुनुवाइ नभएको सुरेन्द्र तितराले बताएका छन् |  जिपहरूको पछाडि अवैधानिक ढङ्गले जडान गरिएका  सिट ट्राफिक  प्रहरीले  हटाएपछि  भाडा  वृद्धि  गरिएको  हो  |

तोकिएको भाडामा गाडी चलाउँदा फाइदा  नहुने भन्दै  जिप व्यवसायीले आफूखुसी भाडा  माग्ने गरेका  छन् | मनोमानी  भाडा असुली  गर्ने  यातायात  व्यवसायीलाई कारबाही नहुँदा दोब्बर भाडा कायम भएको स्थानीयको गुनासो छ |

आफूखुसी  गाडीभाडा  वृद्धि  गरिएको गुनासो सुनेपछि तोकिएकै भाडा कायम गराउन ट्राफिक प्रहरीलाई निर्देशन  गरिसकेको  प्रमुख  जिल्ला अधिकारी यदुनाथ पौडेलले बताएका छन् |

प्रमुख जिल्ला अधिकारी पौडेलले भने,विगतमा बलाँचसम्म बसको  ६० र  जिपको ८० रुपियाँ गाडीभाडानिर्धारण  गरिएको  रहेछ, यातायात  व्यवसायीले मनोमानी ढङ्गले दोब्बर भाडा माग्ने गरेको  गुनासो बढेपछि स्थानीय, प्रहरी र यातायात व्यवसायीसँग छलफल गरेर पुरानै भाडा कायम गराउने सहमति भएको  छ | तोकिएभन्दा बढी भाडा माग्ने यातायात व्यवसायीलाई कानुन अनुसार कारबाही अगरिने उनले बताए |- यो समाचार आजको गोरखापत्रमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने