पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ २४, भीमदत्तनगर | </b>कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा शुक्रबार गोठमा आगलागी हुँदा १० वर्षीया बालिकाको जलेर मृत्यु भएको छ | घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा १० वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए ।<br></p><p>घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ । “गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी सहायक निरीक्षक पन्तले भने, “आगलागी कसरी भयो भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दैछौँ ।”</p><p>उनले आगलागीबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । प्रहरीका अनुसार बालिका स्थानीय सूर्योदय पब्लिक बोर्डिङ स्कूलमा कक्षा–५ मा अध्ययनरत थिइन ।</p>

