२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गोठमा आगलागी हुँदा कञ्चनपुरमा १० वर्षीया बालिकाको मृत्यु

२४ माघ २०७६, शुक्रबार १०:३४

माघ २४, भीमदत्तनगर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा शुक्रबार गोठमा आगलागी हुँदा १० वर्षीया बालिकाको जलेर मृत्यु भएको छ | घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा १० वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए ।

घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ । “गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी सहायक निरीक्षक पन्तले भने, “आगलागी कसरी भयो भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दैछौँ ।”

उनले आगलागीबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । प्रहरीका अनुसार बालिका स्थानीय सूर्योदय पब्लिक बोर्डिङ स्कूलमा कक्षा–५ मा अध्ययनरत थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य