२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मिलन क्लबले बाँड्यो ४० हजार बराबरको शैक्षिक समाग्री

२५ माघ २०७६, शनिबार १३:१४


पर्वत जिल्लाकै पूरानो र जेठो पर्वत मिलन क्लबले कुश्मा नगरपालिकामा रहेको एक विद्यालयलाई शैक्षिक समाग्री तथा पोशाक वितरण गरेको छ । कुश्मा नगरपालिका १० पिपलटारीमा रहेको  सिद्देश्वर प्राथमिक विद्यालयमा चालिस हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

कुश्मा नगरपालिकाकि उपप्रमुख सीता काफ्ले लामिछानेले  हरेक ठाउँमा शैक्षिक तथा सामाजिक क्षेत्रमा नै उदाहरणीय बनेको क्लबले दलित बिध्यार्थीहरुलाइ पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गरेर  राज्यको शैक्षिक अभियानलाई सफल पार्न थप पहल गरेको बताइन ।

दलित समुदायका मात्रै बालबालिका अध्ययन गर्ने विद्यालयलाई छनोट गरी  शैक्षिक समाग्री वितरण गर्नु आफैमा गौरवको विषय भएको उनले बताइन । लामिछानेले  आगामी दिनमा नगरपालिकाले यस बिध्यालयलाई नमुना बिध्यालय बनाउनको लागि आवश्यक पहल गर्ने पनि बताइन ।


कार्यक्रममा कु.न.पा.१० का वडा अध्यक्ष  सुजन बि.कले आफ्नो वडामा  सहयोगी बनेर आउने मिलन कल्बलाइ धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए । उक्त कार्यक्रममा बिध्यालय ब्यबस्थापन समिती अध्यक्ष देबेन्द्र नेपाली , प्राध्यापक खगराज रेग्मी ,बिदुर नेपाली लगायतले बोलेका थिए | कार्यक्रमको स्वागत क्बलका सदस्य ध्रुब श्रेष्ठ  भने कल्बका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका सन्चालन महासचिव बिनोद बिक्रम पोख्रेलले गरेका थिए ।

क्लबका अध्यक्ष श्रेष्ठले क्लबले जिल्लामा सामाजिक, शैक्षिक र मानविय क्षेत्रमा स्थापना कालदेखि नै सक्रियता देखाउँदै आएको र आगामी दिनमा पनि यसरी नै अगाडी बढ्ने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य