2026-09-04 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जान लागत १ लाख ७० हजार, विभागले उजुरी नलिंदा ठगिएरै मलेसिया जान बाध्य भएपछि …

माघ २८, काठमाडौं । वैदेशिक रोजगार विभागले उजुरी नलिएका कारण आँफुहरु ठगिन बाध्य भएको पीडितहरुले बताएका छन् । न्याय पाउने आशामा विभाग पुगेका युवाले अन्याय सहेरै विदेश जानुपर्ने अवस्था आएको भन्दै विभागको कार्यशैली प्रति गुनासो पोखेका छन् ।

रोजगारीका लागि मलेसियाको इन्फिनिक प्लास्टिक टेक्नोलोजी कम्पनीमा प्रोडक्सन अपरेटर पदमा जान लागेका ३ युवालाई धुम्बाराहीमा रहेको विज्ञान एचआर प्रा. लि ले एक लाख ७० हजार मागेको भन्दै उजुरी दिन सोमबार उनीहरु विभाग पुगेका थिए । तर विभागले उनीहरुको लिखित निवेदन लिनुको सट्टा म्यानपावरलाई नै फोन गरेर सरकारी नियम अनुसार विदेश पठाउन निर्देशन दिएको थियो । मलेसियाको सो कम्पनीको लागि म्यानपावरले १० जनाको अन्तिम श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ ।

सोमबार बेलुकी नै टिकट भएको भन्दै उनीहरु घरबार बिदा भएर आएर झोला सहित निवेदन दिन विभागमा पुगेका थिए । एजेन्टको सहायता विना नै म्यानपावरमा आएको डिमाण्डमा आवेदन दिएर प्रक्रिया शुरु गरेका बताएका उनीहरुले यसअघि म्यानपावरले प्रति व्यक्ति ३०/३० हजार रकम लिएको र बाँकि १ लाख ४० हजार मागेको साझा सवाललाई जानकारी दिएका छन् । 

यसअघि विभागले श्रमिकसंग बढी शुल्क लिने म्यानपावर कम्पनीमा छापा हानेर पीडितलाई सरकारले तोकेकै सेवा शुल्कमा विदेश पठाउने गरेको जानकारी पाएको भन्दै सोहि आशामा विभाग गएको पीडितका एक आफन्तले बताएका छन् । मागेजति पैसा सहित विभागमा गएको तर विभागले उल्टै म्यानपावरलाई जानकारी गराएर पीडितको निवेदनसम्म नलिएको उनले गुनासो गरेका छन् ।

यस अघि विभागले यस्ता घटनमा म्यानपावर कम्पनी माथि तत्काल छापा मारेर लिइएको रकम जफत गर्ने गर्दथ्यो तर सोमबार त्यस्तो नगर्दा पीडितहरु ठगिएर नै मलेसिया जान बाध्य भएको पीडितका एक आफन्तले बताएका छन् । म्यानपावर कम्पनीमा नै पुगेका पीडितका एक आफन्तले म्यानपावर कम्पनीले ‘तिमीहरुलाई विदेशमा केहि भए हामीले नै हेर्नुपर्छ, उजुरी किन गर्न गएको भन्दै गाली गरेको र पछि प्रति व्यक्ति १/१ लाख लिएर (जम्मा १ लाख ३० हजारमा) मलेसिया पठाएको साझा सबाललाई बताएका छन् । तर म्यानपावर संचालक शुक बहादुर तामाङ्गले सोमबार आफुलाई विभागबाट सरकारी नियम अनुसार नै ३ जनालाई मलेसिया पठाउन भन्दै फोन आएकोले उनीहरुबाट कुनै शुल्क नलिएको दावी गरे । म्यानपावरको कुनै एजेन्ट नभएको भन्दै संचालक तामाङ्गले रोजगारदाताले नै सेवा शुल्क वापत श्रमिकको एक महिनाको तलबको आधा रकम पठाउने भएकोले तिनै जनाबाट शुल्क नलिएको दावी गरे ।

सरकारले मलेसिया जानको लागि म्यानपावर कम्पनीले श्रमिकबाट सेवा शुल्क लिन नपाउने गरि मलेसियासँग श्रम सम्झौता गरेको छ, तर विभागको अनुगमन संयन्त्र फितलो हुँदा म्यानपावर कम्पनीले श्रमिकबाट चर्को शुल्क उठाउन छोडेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल