2026-09-08 02:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकको पहिलो रोजाइ तालपोखरामा डुङ्गा दौड हुँदै

फागुन ४, पाल्पा | भ्रमण वर्ष २०२० का अवसरमा पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरामा  यही फागुन ८ गते डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ ।  एक सय पर्यटकीय गन्तव्यस्थलमा तालपोखरा समावेश रहेको छ ।   

तालपोखरा संरक्षण विकास समितिद्वारा आयोजना हुने सो प्रतियोगिताका सहभागीले काठको मात्र डुङ्गा प्रयोग गर्नुपर्ने हुन्छ । एक  डुङ्गामा दुई जनाले मात्र सहभागीता जनाउन पाउनेछन् ।

भ्रमण वर्षलाई सफल बनाउन र रामपुरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन तालपोखरामा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको  समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिनुभयो । “ताल वरिपरी डुङ्गामा दौडनु पर्नेछ, जस्ले छोटो समयमा ताल पार गर्छ उसलाई विजेता गराइनेछ, धेरैभन्दा धेरै पर्यटक रामपुर भित्र्याउन यो कार्यक्रम आयोजना गरेका हौँ” उहाँले भन्नुभयो ।

प्रतियोगितामा प्रथम हुनेले रु सात हजार, द्वितीय रु पाँच हजार, तृतीय पुरस्कार रु तीन हजार प्राप्त गर्नेछन्  । समितिले गतवर्ष पनि डुङ्गा दौड प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताका लागि अहिले तालपोखरा वरपरको वातावरण सरसफाइ गर्ने कामहरु भइरहेको छ ।

फागुन ९ गते शिवरात्री पर्वका अवसरमा डुङ्गा दौड र अन्य दिन रामपुर क्षेत्रका प्रचलित भजनकृत, पूजापाठ, सांस्कृतिक कार्यक्रम गरेर मनाइने तयारी रहेको समितिले जनाएको छ । रामपुर घुम्न आउने  तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने कमै हुन्छन् । यहाँ आएका पर्यटकको पहिलो रोजाइ र घुम्ने थलोनै अहिले तालपोखरा बनेको छ ।

फेवातालको स्वरुपमा रहेको तालपोखराले आकारमा सानो भए पनि छोटो समयमा नै पर्यटकको मन लोभ्याउन सफल भएको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचार सुनेर, हेरेर तालपोखरा आउने आन्तरिक पर्यटकको उपस्थिति दिनहुँ बढ्दै गएको छ ।

यो वर्ष रामपुर नगरपालिकाले रु २० लाख र नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा रु २० लाख सहयोगको रकमबाट तालपोखराको स्तरोन्नति गरिएको हो । करिब रु ४५ लाख बराबरको मर्मत कार्य सम्पन्न भएको छ भने अब बाँकी अझै रु एक करोड २५ लाखको काम रहेको समितिले जनाएको छ । अहिलेसम्म तालपोखराको पर्यटन विकासमा करिब रु तीन करोडको काम भइसकेको छ । 

तालपोखरालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै जाँदा यसले समग्रमा कालीगण्डकी बेँसी क्षेत्रकै पहिचान बढाएको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । “नगरपालिकाले पनि पर्यटन विकासका लागि विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ, तालपोखराको विकास भएकै कारण धेरै पर्यटक रामपुर भित्रने गरेका छन्” उहाँले भन्नुभयो ।

तालपोखरा वरपर डुङ्गामा घुम्ने, तालको बीच भागमा रहेको जलेश्वर महादेवको मन्दिर दर्शन गरेर फर्कने गरेको पाइन्छ । कोही घण्टौँसम्म मन्दिर परिसरमा रहेको पार्कमा रमाएर फर्कने गर्छन् ।

तालपोखरामा सेल्फी जोन निर्माण गरिएपछि फोटो खिचाउनेको पनि भीड लाग्ने गरेको छ । स्थानीय कुलो, नहर, खोल्सीबाट पानी पर्याप्त नभएपछि नजिकै बहेको कालीगण्डकीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गरिएको छ । डुङ्गा सञ्चालनबाट स्थानीयलाई रोजगारीको अवसर मिलेको छ ।  

दैनिक डुङ्गाबाट सरदरमा रु पाँच हजार आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर डुङ्गाबाट मासिक रु एक लाख ३५ हजार आम्दानी भइरहेको छ ।

सामान्य वर्षाद्को पानी जम्मा हुने खाडलका रुपमा रहेको तालपोखरालाई यहाँका स्थानीयले पर्यटकीय क्षेत्रका रुपमा विकास गरेका हुन् । झण्डै ७० रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र पहिला पानी जम्मा हुने खाडलका रुपमा रहे पनि अहिले भने प्रशस्त आम्दानी गर्ने गतिलो माध्यम बनेको छ ।

महायज्ञबाट केही आम्दानी सङ्कलन गरी विसं २०६६ बाट पर्यटन विकासका काम थालनी गरिएको संस्थापक अध्यक्ष देवराज देवकोटा बताउनुहुन्छ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका आन्तरिक पर्यटक यहाँ अवलोकन गरेर फर्कने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता