२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सम्पर्कमा आउन दूतावासको अपिल

२०७६, ५ फाल्गुन सोमबार ०७:४१

फागुन ५, काठमाडौं । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा ज्यान गुमाएका ६ जना नेपाली मध्ये चारजनाको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदुतावास कुवेतले अनुरोध गरेको छ।गत फेब्रुअरी १२ तारिक चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेर ६ जना नेपालीले ज्यान गुमाएका थिए ।

६ जना कामदारहरु मध्ये ४ जनाको परिवारहरु अझै नेपाली राजदुतावासको सम्पर्कमा नआएको दुतावासले जानकारी दिएको छ ।परिवार दुतावासको सम्पर्कमा नआउँदा मृतकहरुको शव पठाउने लगाएत अन्य कानुनी प्रकृया अगाडी बढाउन नसकिएकोले भन्दै दुतावासले मृतकहरुको परिवार तथा आफन्तहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

कुवेतको मुत्ला दुर्घटनामा ज्यान गुमाउनेहरुको बिबरण निम्न अनुसार रहेको छ:

१. एक बहादुर गाहा , बर्ष, ३०, राहदानी नं ०८३४६२७६, धैरेनी – १, चिडीपानी, पाल्पा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति, अनिता गाहा, मृतकको नाता(श्रीमति)

२. गंगा राम चौधरी, बर्ष, ४०, राहदानी नं- ०६९४९९६८, दोधाना- ७,सिराहा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति, पन्नाई चौधरी, मृतकको नाता(बुबा)

३. राजु रोका मगर, बर्ष – २४, राहदानी नं – १०६२४०८६, उवा – ४,थवाङ, रोल्पा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति, मन कुमारी रोका मगर, मृतकको नाता(श्रीमति)

४. पूर्ण बहादुर सुनारी मगर, बर्ष, २६, राहदानी नं- ०६४४४००८, बंजारिया- ९, धरमपुर, नवलपरासी (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति, थमन सिंह सुनारी मगर, मृतकसंगको नाता(बुबा)

माथी उल्लेखित मृतकहरुका परिवार तथा आफन्तहरुले निम्न नंम्बरहरुबाट सम्पर्क गर्न सक्नु हुनेछ।

नेपाली राजदुताबास कुवेत ००९६५ २५३२१६०३, ६०५ वा हटलाईन ००९६५ ९८८६९१२१

मृतकहरु वसन्त गुरुङ र श्याम नारायण चौधरीको पारिवार नेपाली दुताबास कुवेतको सम्पर्कमा आई सकेको दुतावासले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका धर्मेन्द्र कुमार शाहको कुवेतको जाहारा अस्पतालमा उपचार भईरहेको छ भने मनोरथ मण्डल उपचार पछि क्याम्पमा फर्की सकेका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने