२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका पठाइदिने भन्दै ६० लाख ठगेको आरोपमा २ जना पक्राउ

२०७६, ५ फाल्गुन सोमबार ११:२५

फागुन ५, काठमाडौं। अमेरिका पठाउने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ पयुँपाटा घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेको देउराली गाउँपालिका चौउरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।


नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीया कीसानुमाया लामालाई अमेरिका पठाइदिने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अमेरिका जानको लागि बैंक ब्यालेन्स देखाउनु पर्ने भन्दै कीसानुमायालाई रामचन्द्र कुँवरले प्राइम बैंकमा रहेको आफ्नो खातामा ६० लाख रुपैयाँ ब्यालेन्स गर्न लगाएका थिए ।

कीसानुमायाले ६० लाख रुपैयाँ खातामा राखिदिएको भोलिपल्टै कुँवरले नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी चावहील, नयाँबानेश्वर, कोटेश्वर, सामाखुसी र इमाडोलमा रहेको प्राइम बैंकको शाखाबाट रकम निकालेर सम्पर्कविहीन भएका थिए । पीडित भनिएकी कीसानुमायाले दिएको जाहेरीको आधारमा दुवै जनालाई भक्तपुरको थिमिबाट सोमबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कुँवर र लामाले अन्य तीन जनाबाट ७० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै