2026-09-04 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवईमा स्मरणशक्ति गुमाएकी याम कुमारी थापाको परिवार सम्पर्कमा

फागुन ६, काठमाडौं । वैदेशिक रोजगारीका लागि युएईमा रहेर स्मरणशक्ति गुमाएकी याम कुमारी थापाको परिवार सम्पर्कमा आएको छ । दुवईमा स्मरणशक्ति गुमाएर सबैथोक बिर्सिएकी थापाको परिवार उनको उद्धारको लागि पहल गर्न गोरखाबाट काठमाडौं आएका

हुन् । 

थापाको बारे युएईको गुल्फ़ न्युजलाई उदृत गर्दै सोमबार नेपाली संचार माध्यममा समाचार प्रकाशित/प्रशारण भएको थियो । सोहि जानकारीको आधारमा थापाको श्रीमान् लालबहादुर थापा आफ्नो श्रीमतीको उद्धारको पहल गर्न काठमाडौं आएका हुन् ।

दुवईमा स्मरणशक्ति गुमाएर रसिद अस्पताल दुबईमा उपचार गराईरहेकी बेबारिसे यम कुमारी थापा आफ्नी आमा भएको शृजना थापाले बताइन् । उनले उनकी आमा यम कुमारी थापाको गोरखाबाट जारी भएको नागरिकता नम्बर ५२६९९ र राहदानी नम्बर ४८६५२७७ भएको दावी गरेकी छिन् । उनले उपलब्ध गराएको पासपोर्ट नम्बरमा पछिल्लो पटक सन् २०१४ जुलाई २ तारिकमा युएइको श्रम स्विकृति जारी भएको छ । 

१ महिना अघिसम्म सम्पर्क रहेकी आमा यमकुमारी विरामी भएको जानकारी पाएको तर त्यसपछि कुनै सम्पर्क हुन नसकेको उनले बताइन् । युएई रहेकी आमा यमकुमारीसँग १ महिना पहिला टेलिफोनमा कुरा गर्दा आफूलाई रक्तचाप बढेकोले बिरामी भएको जानकारी गराएकी उनले बताइन् । उनले घरमा काम गरेकाले त्यस्तो भएको र घरको काम छोडेर कम्पनीमा भिसा लगाउने तयारीमा रहेको समेत जानकारी दिएकी थिइन् ।   

गोरखा जिल्ला गोरखा नगरपालिका फिनाम–८ ढुङ्गाडे घर भएकी यम कुमारी रोजगारीको लागि ४ बर्ष पहिले युएई गएको छोरी शृजना बताउँछिन्। बुबा लाल बहादुर थापासहित ३ दाजु र १ बहिनी र उनी गोरखा बस्दै आएका छन् ।

युएईमा नेपाली महिलाले स्मरणशक्ति गुमाइन्, उनको परिवारको खोजी हुँदै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल