८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोसाइँकुण्डलाई केन्द्रित गरी विद्युत् विस्तारका कार्य धमाधम अगाडि बढ्दै

१२ फाल्गुन २०७६, सोमबार ०२:४२

फागुन १२, रसुवा | लाङटाङको पर्यटकीय क्षेत्र र पवित्र धार्मिकस्थल गोसाइँकुण्डलाई केन्द्रित गरी विद्युत् विस्तारका कार्य धमाधम अगाडि  बढिरहेको छ । नेपाल विद्युत् प्राधिकरण शाखाका प्रमुख कृष्णहरि दाहालका अनुसार लाङटाङ क्षेत्रका लागि वृद्धिमदेखि लामा होटलसम्म १९ किलोमिटर विद्युत् लाइन विस्तार भइसकेको र लामा होटलदेखि लाङटाङ गाउँसम्म थप छ किलोमिटरको दूरीको लाइन तान्ने काम भइरहेको छ ।

हरेक स्थानमा पूर्णविद्युतीकरण गरी प्रत्येक नागरिकका घर उज्यालो पार्ने वर्तमान सरकारको नीति कार्यान्वय गर्न र  पर्यटकीय गन्तव्यका रूपमा रहेका  बस्तीलाईमा  विद्युत् विस्तारको काम तीव्ररूपमा अगाडि बढाइएको शाखाले जनाएको छ ।

पवित्र तीर्थ गोसाइँकुण्ड जाने भक्तजनको सुविधाका लागि धार्मिक मार्गअन्तर्गत चन्दनबारीसम्म विद्युत् विस्तार गरिसकिएको र लाङटाङ क्षेत्रको कार्य पूरा भएपछि विद्युत् प्रवाह गरिने उक्त शाखाले जनाएको छ । नयाँ विस्तार भएको तारबाट विद्युत् प्रवाह एवं वितरण गर्दासाथ एकातर्फ रातको समयमा घर उज्यालो हुने, अर्केतर्फ विद्युतीय हिटरबाट खाना पकाउने बानीको विकाससँगै वन जङ्गलको व्ययभारमा कमीआई जैविकविविधता संरक्षणमा  टेवा पुग्ने प्राधिकरण शाखाका प्रमुख दाहालले जानकारी दिनुभयो ।

यसैगरी  जिल्लाका सबै गाउँ बस्तीमा विद्युत्  विस्तार भइसकेको र भूकम्पपछिको पुनः निर्माणअन्तर्गत उत्तरगया गाउँपालिका–१ तिरू क्षेत्रमा एकीकृत बस्ती  निर्माणका लागि प्रक्रिया अगाडि बढेको स्थानमा समेत विद्युत् लाइन विस्तार भइरहेको बताइएको छ । 

घरघरमा विद्युत् लाइन विस्तार गर्ने ग्राहक सङ्ख्या आठ हजार ५०० रहेको प्रधिकरणले जनाएको छ । विसं २०४० बाट नुवाकोटको त्रिशूलीदेखि रसुवा जिल्लामा  विस्तार शुरू गरिएको विद्युत् सेवाले ३६ वर्षको दौरानमा ढिलै भए पनि हिमाली क्षेत्रका गाउँगाउँमा विद्युत् प्रवाह हुँदा जिल्लावासी हर्षित भएको नागरिक समाजले जनाएको छ ।

विद्युत् पुग्नुअघि दियालो र टुकी बत्तीको भरमा निर्वाह गरिबस्ने ग्रामीण क्षेत्रका बासिन्दा बत्तीको व्यवस्था भएलगत्तै व्याट्री चार्जको सहजताले अहिले प्रायजसोले मोबाइल लिन थालिसकेका छन् । आफ्ना नातागोतालाई मोबाइलबाटै सन्चो बिसन्चोका कुरा सोध्ने वातावरण सिर्जना भएको लाङ्वुका सामाजसेवी छेसाङदावा तामाङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा