2026-09-14 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दुई वर्षभित्र पाँच मोटरेबल पुल बन्दै

फागुन १३, परासी । प्रदेश नं ५ सरकारले दुईवर्षभित्र पश्चिम नवलपरासीका विभिन्न स्थानमा पाँचवटा ठूला मोटरेबल पुल  निर्माण गर्ने भएको छ । 

यसका लागि झण्डै आधा अर्ब बजेट विनियोजन गरिएको  प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।  रामग्राम र सुनवल नगरपालिकाका विभिन्न स्थानमा बन्ने ती पुलमध्ये तीनवटाकोे शिलान्यास तयारी भएको जनाइएको छ ।  सुनवलको बेलारी खोला, वनकट्टी र छडेनी जोड्ने झरही खोला  तथा रामग्रामको देउरवा र रामग्राम स्तूप जोड्ने झरही खोलामा पुल बन्दैछन् । यसको ठेक्का प्रक्रिया सम्पन्न भई सकेका छन् । अन्य दुईवटा पुल पनि ठेक्का प्रक्रियामा रहेकाले चैतमा शिलान्यास हुने उहाँले बताउनुभयो । 

उहाँका अनुसार रामग्राम नगरपालिका–७ स्थित देउरवा गाउँ र  गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप जोड्ने गरी झरही खोलामा पुल निर्माण हुनेछ । यो पुलले रामग्राम नगरपालिकाको बैकुण्ठपुरदेखि उजैनी गाउँलाई जोड्नेछ । यहाँ पुल निर्माण भएपछि पूर्वपश्चिम राजमार्गको हरकट्टादेखि सिधै रामग्राम स्तूप पुग्न सहज हुने मन्त्री चौधरीले जानकारी दिनुभयो । यहाँ पुल नहुँदा बर्सातको समयमा स्थानीय देउरवा गाउँका बासिन्दालाई सदरमुकाम परासी आवातजावत गर्न तथा उजैनी गाउँमा अध्ययन गर्न आउन–जानका लागि विद्यार्थीलाई समस्या रहेको स्थानीयवासी शम्भु उपाध्यायले जानकारी दिनुभयो ।

“वर्षांदेखि यहाँ पुल नहुँदा हामीलाई धेरै समस्या थियो, विद्यार्थी पढाइ नै छोडेर बस्नुपर्ने अवस्था पनि छ, किनमेल तथा अन्य कामका लागि पनि वैकल्पिक लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता थियो, अहिले पुल निर्माण हुन लागेपछि यहाँ खुशियाली नै छाएको छ”, उहाँले भन्नुभयो । ३५ मिटर लम्बाइको उक्त पुल निर्माणका लागि भ्याटसहित रु ६ करोड ६२ लाखमा एम÷एस आसियाटिक र प्रदीप जुम्ली जेभी कम्पनीले निर्माणको जिम्मा पाएको छ । 

रामग्राम नगरपालिकाकै घिनाहा र शुक्रौली जोड्ने गरी तुरिया खोलामा पनि मोटरेबल पुल निर्माण हुँँदैछ । यहाँ पुल निर्माणका लागि रु १२ करोड बजेट विनियोजन गरिएको छ । पुल निर्माणका लागि ठेक्का प्रक्रिया शुरु भइसकेको जनाइएको छ ।

यस्तै सुनवलमा तीनवटा पुल निर्माण हुनेछन् । सुनवल बजारदेखि पर्यटकीयस्थल महलपोखरी जोड्ने गरी बेलारी खोलामा मोटरेबल पुल निर्माण हुनेछ । यो पुलका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यहाँ पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई सुनवल बजार आवत–जावत गर्न तथा महलपोखरी पुग्ने पर्यटकलाई सहज हुने सुनवल नगर उपप्रमुख दधिराम अर्यालले जानकारी दिनुभयो । यो पुलले नवलपरासी र पाल्पाको पहुँचलाई पनि विस्तार गर्नेछ । 

सुनवलकै वनकट्टी र छडेनी जोड्ने गरी झरही खोलामा पुल निर्माण हुनेछ । यसका लागि रु तीन करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।  यहाँ पुल निर्माण भएपछि वनकट्टीका बासिन्दालाई परासी आवत–जावत गर्न तथा छडेनीका बासिन्दालाई सुनवल नगरपालिका आउन–जान सहज हुनेछ भने छडेनीबाट वनकट्टी पढ्न जाने विद्यार्थीलाई सहज हुनेछ । 

पुल नहुँदा बर्सातको समयमा वनकट्टी पढ्न जानुपर्ने विद्यार्थी तीन महिना पढाइबाटै वञ्चित हुनु परेको बताउँदै स्थानीयवासी लतिदुन नेसाले भन्नुभयो, “ अहिले हामी धेरै खुशी छौँ, अब यी समस्या समाधान हुने आश छ ।”

प्रदेश सरकारले यसै वर्ष सुनवलको खुटहट र रामग्रामको डैनहवा जोड्ने गरी तुरिया खोलामा पनि पुल निर्माण गर्ने जनाएको छ ।  यो पुलका लागि पनि रु १२ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले