२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

२०७६, १७ फाल्गुन शनिबार ०४:४५

फागुन १७, डोटी | जिल्लामा रहेका ५२  स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्रतिशतले वृद्धि भएको जनाएको छ । यो संगै मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको कार्यालयका  प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्थिङ सेन्टरमा सुत्केरी गराउन थालेपछि यहाँको मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको छ, यो आफँैमा राम्रो पक्ष हो ।” 

बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या महिनैपिच्छै बढ्दै जान थालेको  तथ्याङ्ले देखाएको छ ।  यहाँका ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छन् ।  जिल्लाको विकट क्षेत्रमा पर्ने घागल तथा बोगटान क्षेत्रका स्थानीय महिलाले पनि स्थानीयस्तरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित सुत्केरी हुन थालेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो ।  शिखर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक हरिष शाहले भन्नुभयो, “प्रसूति सेवा शुरु गर्नुभन्दा पनि स्वास्थ्य संस्थामा पूर्वाधारको विकास हुनु जरुरी छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?