2026-09-26 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामदार भिसामा अमेरिका जान खुला, नेपालीले पनि भोलीदेखि आवेदन दिन सक्ने

फागुन १७, काठमाडौँ | अमेरिकाले कामदार भिसाको रुपमा लिइने (एचवानबी भिसा) आइतबारदेखि खुला गर्दैछ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२१ का लागि फागुन १८ गतेदेखि आवेदन खुला गर्ने जनाएको हो । अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको छ । अमेरिकी सरकारले अमेरिकामानै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो । नेपाली समय अनुसार आइतबार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले जनाएको छ ।

नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ भने अमेरिकन डिग्री होल्डरका लागि सहज भएको छ । अमेरिका जान चाहने श्रमिकले भिसाका लागि रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने हुन्छ । एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । भिसा आवेदन दिनको लागि १० डलर दर्ता शुल्क लाग्ने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । पहिलोपटक तीन वर्षका लागि एच वानबी भिसा प्राप्त हुने र त्यसपछि थप तीन वर्षका लागि रिन्यु गर्न पाइने व्यवस्था छ ।

एचवानबी भिसामार्फत आवेदन दिनको लागि कम्तीमा पनि स्नातक वा त्यो भन्दा माथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ । त्यस्तै जुन पेशाका लागि आवेदन दिनेको त्यसको लाइसेन्स समेत जरुरी हुन्छ ।

यो कार्यक्रममा फेशन मोडलसहित आइटी, वित्त, लेखा, आर्किटेक्चर, इन्जिनियर, विज्ञान, मेडिकल लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । अमेरिकाको यो कार्यक्रममा नेपालीले पनि आवेदन दिन सक्नेछन् । 

यस सम्बन्धि जानकारी पाईराख्न वैदेशिक रोजगार मोवाइल एप डाउनलोड गर्नुहोस्  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति